संवादसहित फिल्म ‘मानिस ठूलो दिलले हुन्छ’ बन्ने  « Khabarhub

संवादसहित फिल्म ‘मानिस ठूलो दिलले हुन्छ’ बन्ने 


११ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालमा पहिलो पटक संवादसहित गीति फिल्म निर्माण हुने भएको छ । देवेन्द्र पाण्डेको निर्देशनमा बन्न लागेको फिल्म ‘मानिस ठूलो दिलले हुन्छ’ को मंगलबार एक कार्यक्रमका बीच निर्माण घोषणा गर्नुका साथै शुभ मुहूर्त पनि गरियो । मुहूर्त सट कलाकारहरू अभिनास न्यौपाने र श्रेया कार्कीले दिएका थिए । फिल्ममा उनीहरु प्रेम जोडीको रुपमा प्रस्तुत हुनेछन् ।

सौरपानी मिडिया प्रा.लि. को ब्यानरमा निर्माण हुने फिल्मको आजबाट छायांकन सुरु भएको छ । यसमा मोहन निरौला, उत्तम केसी, सरु सुनवार, शुभम् आचार्य र सविना न्यौपानेको पनि अभिनय रहनेछ । यसलाई मणि नेपाली पनेरुले निर्माण गर्नेछन् । उनले लेखेको ६ वटा लोकगीतमा फिल्म निर्माण हुन लागेको हो । यसमा केही प्रतिशत संवाद पनि हुनेछ ।

क्यानडाको लागि नेपाली सांस्कृतिक दूतसमेत रहेका पुर्ण नेपालीको एकल संगीतमा रहेका  फिल्मका गीतहरूमा राजु परियार, तुलसी पराजुली, देवी घर्ती, निशा देसार, धर्मेन्द्र सेवान लगायतका गायक गायिकाहरूको स्वर रहेको छ ।

यसअघि दुई फिल्मको निर्देशक गरिसकेका देवेन्द्र पाण्डेले आफूले यसअघि गरेका फिल्म भन्दा ‘मानिस ठूलो दिलले हुन्छ’ भिन्न रहने दावी गरे । सामाजिक विषयवस्तुमा आधारित भएर फिल्म बन्ने उनको भनाई छ । सम्भवतः संवादसहित यो लम्बाइमा यसअघि गीति फिल्म निर्माण भएका छैनन् । करिब १५ दिन छायांकन हुने फिल्मलाई उत्सव दाहालले खिच्नेछन् भने सम्पादन विकास दाहालले गर्नेछन् ।

प्रकाशित मिति : ११ जेठ २०७९, बुधबार  २ : ३० बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको