७४५ पालिकाको मतगणना सम्पन्न हुँदा कुन दलले कति जिते ?  « Khabarhub

७४५ पालिकाको मतगणना सम्पन्न हुँदा कुन दलले कति जिते ? 


११ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- देशका ७५३ पालिकामध्ये ७४५ वटाको मतगणना सम्पन्न भएको छ । मतगणना सम्पन्न भएका पालिकाहरूमध्ये सबैभन्दा बढीको प्रमुख तथा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवारी विजयी बनेका छन् ।

कांग्रेसपछि क्रमशः नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेपाल, नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालले बढी पालिका जितेका छन् ।

निर्वाचन आयोगको पछिल्लो अपडेटअनुसार कांग्रेसले ३२५, एमालेले २०३, माओवादीले १२१, जसपाले ३०, एकीकृत समाजवादीले २०, लोसपाले १६ र अन्य दल तथा स्वतन्त्र उम्मेदवारले ३० वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेका छन् ।

हाल मतगणना भइरहेका सात वटा पालिकामध्ये ३ वटामा कांग्रेस, २ वटामा एमाले, एउटामा एकीकृत समाजवादी र एउटामा स्वतन्त्र उम्मेदवारको अग्रता रहेको छ ।

प्रकाशित मिति : ११ जेठ २०७९, बुधबार  ३ : ४४ बजे

पार्टीभित्रको विवाद मिलाउन नसके आगामी निर्वाचनमा झन् अवस्था बिग्रन्छ : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीभित्रको विवाद मिलाउन नसके

गुरू बराललाई प्रश्न : समानान्तर गतिविधिले कांग्रेसलाई कहाँ पुर्‍याउँछ ?

काठमाडौं- फागुन २१ मा सम्पन्न प्रतिनिधसभाको चुनावअघि विशेष महाधिवेशन गरेर

सिफलिसका १९० नयाँ बिरामी भेटिए

नेपालगन्ज– नेपालगन्जस्थित भेरी अस्पतालमा एक सय ९० नयाँ भिरिङ्गी (सिफलिस)का

संसदलाई नागरिकसँग जोड्न सांसद खरेलले खोले सम्पर्क कार्यालय

ललितपुर– ललितपुर क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद जगदीश खरेलले

कृषि सिकाइको पाठशाला बन्दै कडरिया एकीकृत कृषि फर्म

गण्डकी– कृषि प्रतिको अनिच्छासँगै युवा पलायनका कारण खेतबारीहरू बाझिँदै गरेका