नेप्सेमा दोहोरो अङ्कले सुधार « Khabarhub

नेप्सेमा दोहोरो अङ्कले सुधार


११ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली सेयर बजार नेप्से बुधबार १४.३७ अङ्कले सुधार भई नेप्से परिसूचक २२ सय ३१ दशमलव ५७ अङ्कमा पुगेर बन्द भएको छ। मंगलबार १६ अङ्कले बढेको सेयर बजार बुधबारको वृद्धिसँगै नेप्सेका लगानीकर्ताहरूमा केही आशा पलाएको छ ।

सुधार आएको सेयर बजारमा सेन्सेटिभ इन्डेक्स २.४२ अङ्कले बढेर ४३५ दशमलव ०९ अङ्कमा पुगेको छ । नेप्से परिसूचक बढेको भए पनि कारोबार रकममा भने र कारोबार सङ्ख्या निरन्तर खुम्चिँदै गएको छ।

बुधबार नेप्सेमा  बजारमा १ अर्ब ४ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। नेप्सेमा मंगलबार १ अर्ब ८ करोड ८८ लाख  रुपैयाँ र सोमबार १ अर्ब ३६ करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो  ।

नेप्सेमा निरन्तर सेयर कारोबार संख्यासमेत ओरालो लागेको छ । मंगलबार २६ लाख ९४ हजार कित्ता सेयर खरिदबिक्री भएको छ भने मंगलबार ३१ लाख ७३० कित्ता कित्ता र सोमबार ३९ लाख १७ हजार ६५५ कित्ता सेयर किनबेच भएको थियो बुधबार नेप्सेमा २ सय २४ कम्पनीको सेयर खरिदबिक्री भएकोमा १६६  कम्पनीका लगानीकर्ताले नाफा कमाएका छन् । ५२ कम्पनीका लगानीकर्ता गुमाएका छन् भने ८ कम्पनीको सेयर अघिल्लो दिनकै मूल्यमा कारोबार भएको छ ।

प्रकाशित मिति : ११ जेठ २०७९, बुधबार  ४ : ५५ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका