अम्लेखगञ्जमा खानेपानीको हाहाकार « Khabarhub

अम्लेखगञ्जमा खानेपानीको हाहाकार


११ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा- बाराको जितपुर सिमरा उपमहानगरपालिकास्थित ऐतिहासिक अमलेखगञ्जमा पानीको स्रोत नहुँदा स्थानीयले सधैँ सास्ती भोग्नुपर्ने बाध्यता छ । वर्षायाममा फुट्ने स-साना पानीको मुहान पनि हिउँदमा सुक्ने हुँदा सुख्खा याममा उनीहरूको दुःख अझै बढ्ने गरेको छ ।

वर्षायाममा धमिले र हिउँदमा सुख्खाका कारणसमेत उनीहरूलाई दुःख हुने गरेको छ । पानी ओसार्नकै लागि ३ नम्बर पुलस्थित खोलामा पुग्नुपर्ने उनीहरूको सधैँको बाध्यता बनेको छ ।

१२३ घरधुरी बासिन्दालाई डोकोमा तल खोलाबाट पानी बोकेर उकालो चढ्नुपर्ने बाध्यता छ । खानेपानीको समस्याकै कारण स्थानीय बासिन्दा खोलाकै पानी खान बाध्य भएका छन् । खानेपानीको अभावमा यहाँका होटेल व्यवसायसमेत सङ्कटमा पर्न थालेका छन् ।

खानेपानीको लागि न त सरकारले कुनै विकल्प खोजेको छ न त स्थानीय सरकारले नै चासो दिएको छ । स्थानीय तथा केन्द्रीय सरकार दुवैले चासो नदेखाएपछि बाध्य भएर खोलाको पानी नै खाने गरेको स्थानीय कृष्णबहादुर विकले बताए ।

खोला र मुहानको पानी सिधै पिउने गर्दा स्थानीय बिरामी भएका छन् । पिउनसम्म पानीको अभाव रहेको हुँदा खोलाको पानी सेवन गर्दा बिरामीसमेत हुनु परेको मायादेवी लामाले बताइन् ।

स्थानीयबासीहरुलाई खानेपानीसम्बन्धी समस्या दिन प्रतिदिन बढ्दै गएको छ । चुरे पहाडकै फेदमा रहेको अम्लेखगञ्जमा बस्तीमा खानेपानीको समस्या र हाहाकार भएकाे हाे । पानी सङ्कलन गर्न नयाँ बिरौजी, पुरानो बिरौजी, ४ नम्बर पुल छेउ र १ नं. मुहान गरी ४ वटा मुहान प्रयोगमा ल्याइएको थियो ।

प्रकाशित मिति : ११ जेठ २०७९, बुधबार  ५ : २२ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी