स्थानीय तह निर्वाचनमा लमजुङमा एमाले पहिलो पार्टी बन्यो « Khabarhub

स्थानीय तह निर्वाचनमा लमजुङमा एमाले पहिलो पार्टी बन्यो


११ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- स्थानीय तह निर्वाचन परिणाम अनुसार लमजुङमा नेकपा एमाले पहिलो पार्टी बनेको छ । जिल्लाका सबै स्थानीय तहका प्रमुख एवं अध्यक्षहरूको मत परिणाम अनुसार नेकपा एमालेको मत भार धेरै देखिएको हो ।  जिल्लामा नगरपालिका प्रमुख र गाउँपालिका अध्यक्षहरुले प्राप्त गरेको मत अनुसार नेकपा एमालेको पक्षमा ४२ हजार सात सय २१ मत आएको छ भने गठबन्धन दलहरूका प्रमुख उम्मेदारहरुको मत ४१ हजार ६३ रहेको छ ।

स्थानीय तहको निर्वाचनमा पालिका प्रमुखहरुले प्राप्त गरेको मत अनुसार निर्वाचन क्षेत्र ख मा नेकपा एमालेको मत धेरै छ भने निर्वाचन क्षेत्र प्रदेश क मा गठबन्धनको मत भार बढी देखिएको छ । प्रदेश क मा गठबन्धन दल चार सय २१ मतले अगाडी देखिएको हो भने प्रदेश ख मा दुई हजार ७९ मत ले नेकपा एमाले अगाडी देखिएको छ ।

निर्वाचन मत परिणाम अनुसार प्रदेश सभा क मा गठबन्धन दलका उम्मेदारहरुको प्राप्त मत २० हजार एक सय २७ रहेको छ । सोही निर्वाचन क्षेत्रमा नेकपा एमालेको पक्षमा १९ हजार सात सय ६ मत परेको छ । त्यसै गरी प्रदेश सभा ख मा गठबन्धन दलका उम्मेदारहरुको पक्षमा २० हजार नौ सय ३६ मत परेको छ भने नेकपा एमालेको पक्षमा २३ हजार १५ मत परेको छ ।

प्रदेश सभाका लागि दुई निर्वाचन क्षेत्र रहेको लमजुङमा प्रदेश निर्वाचन क्षेत्र क अन्तर्गत राईनास नगरपालिका, दुधपोखरी गाउँपालिका, दोर्दी गाउँपालिका, मर्स्याङ्दी गाउँपालिका र बेसी हर नगरपालिकाको वडा नम्बर १० र ११ रहेका छन् । त्यसै गरी प्रदेश सभा निर्वाचन क्षेत्र ख मा बेसीशहरका एक देखि ९ सम्मका वडा, सुन्दर बजार नगरपालिका, मध्यनेपाल नगरपालिका र क्होलासोँथार गाउँपालिका रहेका छन् ।

निर्वाचन परिणाम अनुसार जिल्लाका आठवटै स्थानीय तह प्रमुखहरुको मत परिणाम अनुसार नेकपा एमालेको पक्षमा एकहजार ६ सय ५८ बढी मत आएको हो ।

यद्यपि यही मत परिणामलाई आधार बनाएर राजनीतिक दलहरू आगामी चुनावको रणनीति बनाउने तयारीमा छन् । स्थानीय तह निर्वाचनमा केही प्रतिशत मतदाताहरू राजनीतिक दल भन्दा पनि व्यक्ती विशेष प्रभावित हुने पाइएकोले आगामी निर्वाचनको परिणाम आङ्कलन गर्न सकिँदैन ।

जिल्लामा नेकपा एमालेको मत यकिन गर्न सकिए पनि काँग्रेस र माओवादी बिच गठबन्धन हुँदा दुई पार्टीहरूको मत कति भन्ने यकिन गर्न सकिएको छैन । यद्यपि यो मत परिणामले आगामी मसिरमा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि दलहरूको आधार बनेको छ ।

चार नगरपालिका र चार गाउँपालिका रहेको जिल्लामा नेकपा एमालेले एक नगरपालिका सहित तीन वटा गाउँपालिका अध्यक्ष जितेको छ । एक गाउँपालिका सहित तीन वटा नगरपालिकामा भने गठबन्धनका तर्फबाट नेपाली काँग्रेसले जित हासिल गरेको छ । नेकपा एमालेले बेसी हर नगरपालिका, मर्स्याङ्दी, दोर्दी र क्होलासोँथारमा जित हासिल गरेको हो । गठबन्धनका तर्फबाट नेपाली काँग्रेसले दुधपोखरी गाउँपालिका सहित सुन्दर बजार, मध्यनेपाल र राईनास नगरपालिकामा जित हासिल गरेको हो ।

प्रकाशित मिति : ११ जेठ २०७९, बुधबार  ७ : ०६ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी