विवाह संस्कृति र प्रेमकथामा ‘वर एण्ड वधु’ बन्ने « Khabarhub

विवाह संस्कृति र प्रेमकथामा ‘वर एण्ड वधु’ बन्ने


११ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- निर्देशक मिलन चाम्सको निर्देशनमा बन्ने नयाँ फिल्म ‘वर एण्ड वधु’ को घोषणा भएको छ ।

काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म निर्माण हुने घोषणा गरिएको हो । विवाह संस्कृति र प्रेमकथामा आधारित रहेर बन्ने फिल्म ‘वर एण्ड वधु’ मार्फत अभिनेताको रुपमा विवेक कर्माचार्यले डेब्यु गर्दैछन् । फिल्ममा आँचल शर्मा , विजय लामा, रमेश बुढाथोकी, रविन्द्र खड्का, किरण केसी, बुद्धि तामाङ, हिमेश पन्त, रविना केसी र सृष्टि खड्काको समेत अभिनय रहनेछ । साम्राज्ञी राज्यलक्ष्मी शाह केमियो भूमिकामा हुनेछिन् ।

आँचलले आफूलाई नायिका जस्तो फिल भएको बताइन । ‘यस किसिमको कार्यक्रममा कमै सहभागिता जनाइन्छ । मलाइ अगाडी हिड्दा पनि नर्भस फिल भइरहेको थियो । मैले मिलन दाइलाई नजिकबाट चिने पनि सहकार्य पहिलो पटक हो । आसा छ, हामीले राम्रो गर्छौ’ आँचलले भनिन् ।

नेपालीसँगै हिन्दी भाषामा निर्माण हुने फिल्मलाई प्रदीप भारद्वाजले लेखेका हुन् । अन्तर्राष्ट्रिय बजारको खोजीमा फाइदा पुग्ने उदेश्यले हिन्दी भाषामा समेत फिल्मलाई निर्माण गर्न लगिएको निर्देशक चाम्सले बताए । विवाहको परम्परालाई मनोरञ्जनात्मक तरिकाले फिल्ममा प्रस्तुत गरिने बताएका निर्देशक चाम्सले यो फिल्मलाई रोमानिया, इटाली, फ्रान्समा पनि छायांकन गर्दैछन् ।

‘हामीले फरक किसिमले फिल्म बनाउने कोसिस गरेका छौँ । नेपाली फिल्मलाई दर्शकको अपेक्षा अनुसार सकारात्मक ढंगले अगाडी बढाउनसके गाह्रो हुन्छ । हामी पूर्णरुपमा मनोरन्जनात्मक फिल्म बनाउने कोसिसमा छौँ’ निर्देशक चाम्सले भने ।

डेब्यु ब्वाई विवेकले आफू केहि नर्भस रहेको सुनाए । ‘डेब्यु फिल्ममै यति ठुलो व्यानरसँग सहकार्य हुँदैछ । त्यसैले गर्दा पनि म केहि नर्भस छु । यद्यपि आँचलजीसँग केमेस्ट्री राम्रो हुनेमा विश्वस्त छुु विवेकले भने ।’ जेठ अन्त्यदेखि छायांकन सुरु गर्ने तयारी निर्माण पक्षको रहेको छ । फिल्ममा अर्जुन पोखरेल र युग भुसालको संगीत र रविन्द्र सुवेदीको छायांकन हुने भएको छ । एलआरके इन्टरटेनमेन्टले निर्माण गर्ने फिल्मको बजेट तीन करोड रुपैयाँ बताइएको छ ।

प्रकाशित मिति : ११ जेठ २०७९, बुधबार  ८ : ०२ बजे

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६