दुल्लु नगरपालिकाले ५० जना युवालाई ड्राइभिङ तालिम दिने « Khabarhub

दुल्लु नगरपालिकाले ५० जना युवालाई ड्राइभिङ तालिम दिने


११ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दैलेख- जिल्लाको दुल्लु नगरपालिकाले पालिकाभित्र रहेका युवालाई स्वरोजगार बनाउन सवारी चालक (ड्राइभिङ) तालिम दिने भएको छ ।

नगरपालिका भित्र रहेका ५० जना बेरोजगार युवालाई स्वरोजगार बनाउन मोटर ड्राइभिङ तालिम दिने भएको हो । युवाहरूको सीप तथा क्षमताको विकास गरी स्वरोजगार बनाउने उद्देश्यले तालिमको सुरुवात गरेको नगरप्रमुख भरतप्रसाद रिजालले बताए ।

‘दुल्लु नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिको निर्वाचनका बेला युवाहरूलाई रोजगारी दिने प्रमुख एजेन्डा थियो,’ उनले भने, ‘ सोही अनुसार पालिका भित्र रहेका बेरोजगार युवाहरूलाई सवारी चालक तालिमको सुरुवात गरिएको हो ।’

नगरपालिकामा रहेका १३ वडाका युवाबाट छनोट गरेर पहिलो चरणमा ५० जनालाई यो तालिम दिने र पछि पनि अन्य विभिन्न कार्यक्रमबाट नगरका युवालाई स्वरोजगार सम्बन्धी सिप सिकाउने लक्ष्य रहेको नगरप्रमुख रिजालले बताए । एक महिनासम्म युवालाई सवारी चालक तालिम दिएर सवारी चालक अनुमति पत्र सङ्गै प्रमाणपत्र प्नदान गरिनेछ ।

प्रकाशित मिति : ११ जेठ २०७९, बुधबार  ९ : ०६ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी