कश्मीरी महिला वैज्ञानिकलाई पहिलो पटक ‘सर्ब–पावर’ छात्रवृत्ति « Khabarhub

कश्मीरी महिला वैज्ञानिकलाई पहिलो पटक ‘सर्ब–पावर’ छात्रवृत्ति


११ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एकजना कश्मीरी महिला वैज्ञानिकले भारतको प्रतिष्ठित ‘साइन्स एण्ड इन्जिनियरिङ रिसर्च बोर्ड (सर्ब–पावर) छात्रवृत्ति पाएकी छिन् ।

डा. नशीमन अशरफ सर्ब–पावर छात्रवृत्ति पाउने पहिलो कश्मीरी महिला वैज्ञानिक रहेको कश्मीरबाट प्रकाशित हुने राइजिङ कश्मीर अनलाइनले जनाएको छ । उनलाई जीवविज्ञान विषयमा छात्रवृत्ति दिइएको जनाइएको छ ।

यसअघि उनले सीएसआईआर रमन रिसर्च फेलोसिप नामक छात्रवृत्ति मार्फत अमेरिकाको केन्टकी विश्वविद्यालय तथा ईएमबीओ फेलोसिप मार्फत स्पेनमा अध्ययन गरिसकेकी छिन् ।

उनको शोध विशेषगरी केशरको सुधारको विषयमा केन्द्रित रहेको जनाइएको छ ।

कश्मीरमा केशरलाई महत्वपूर्ण नगदेबाली मानिन्छ । उनको जन्म जम्मु कश्मीरको राजधानी श्रीनगरमा भएको बताइएको छ ।

प्रकाशित मिति : ११ जेठ २०७९, बुधबार  ८ : ३९ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन