९७ प्रतिशत मत ल्याउँदै टेड्रोस पुनः डब्लुएचओ प्रमुख निर्वाचित « Khabarhub

९७ प्रतिशत मत ल्याउँदै टेड्रोस पुनः डब्लुएचओ प्रमुख निर्वाचित


११ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) प्रमुख हुने पहिलो अफ्रिकी टेड्रोस अधानोम गेब्रेयसस दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका छन् ।

निर्वाचनपछि उनले आफूलाई कमजोर पालनपोषणबाट हुर्केको ‘युद्ध प्रभावित बालक’ भनेर आफ्नो विगत सम्झिँदै आखाभरी आँसुसहित विश्व समुदायसँग शान्तिको लागि गरेको आग्रहले सहभागी सबैलाई भावुक बनाएको थियो ।

विश्व स्वास्थ्य संगठनको मुख्य वार्षिक सभामा उनको पुनः निर्वाचनबारे घोषणा गरिएको हो ।

उनलाई निर्वाचित हुनका लागि आवश्यकता भन्दा अत्यधिक धेरै अर्थात् करिब ९७ प्रतिशत मत प्राप्त भएको वार्षिक सभामा जानकारी गराइएको छ । उनलाई मतदानमा सहभागी १६० मध्ये १५५ मत प्राप्त भएको जनाइएको छ ।

निर्वाचनपछि सभालाई सम्बोधन गर्दै उनले भने, ‘यो सहयोग देखेर म साह्रै विचलित छु । म डब्लुएचओको नेतृत्वमा पुनः निर्वाचत हुँदा मलाई साँच्चै गर्वको महशुस भएको छ ।’

इथियोपियाली भूतपूर्व स्वास्थ्य तथा विदेशमन्त्री कोभिड–१९ महामारीप्रति विश्वव्यापी प्रतिक्रियाको प्रमुख कारण विश्वभरि चिरपरिचित अनुहार बनेका छन् ।

५७ वर्षीय औलो विशेषज्ञ समेत रहेका उनले युक्रेनमा भएको युद्धले विश्वको परिवेशलाई असर गरिरहेको भन्दै यसबारे सम्बन्धित पक्षले जिम्मेवारीपूर्वक प्रस्तुत हुनेमा विश्वास समेत व्यक्त गरे ।

निर्वाचनपछि उनले आफू विश्वमा न्याय स्थापनाका लागि प्रतिवद्ध रहने बताएका थिए ।

उनले यसै सन्दर्भमा ‘ढिलो न्याय दिनु भनेको न्याय नदिनु बराबर भएको’ उद्गारलाई उद्धृत गर्दै आफूले बाँकी जीवनलाई पनि यसै भनाइबाट निर्देशित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ११ जेठ २०७९, बुधबार  ८ : ५० बजे

श्रीमतीको खुर्पा प्रहार गरी हत्या, श्रीमान् पक्राउ

काठमाडौं– नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनय त्रिवेणी गाउँपालिकामा श्रीमान्ले खुर्पा

नेकपाको माग : विपक्षी र सर्वसाधारण धम्क्याउने मन्त्रीका गतिविधि रोकियोस्

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का सांसद रमेश कुमार मल्लले सरकारका केही

जलवायु जोखिम न्यूनीकरणमा विश्वव्यापी सहयोग आवश्यक : प्रधानमन्त्री शाह

मुस्ताङ– प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा

दक्षिण कोरियाको निर्यात वृद्धि तीव्र

एजेन्सी– विश्व बजारमा अर्धचालक तथा कम्प्युटर भण्डारण उपकरणको माग निरन्तर

ट्राफिक प्रहरीले धनीलाई बुझायो चोरीका ५० मोटरसाइकल

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट