कर्णाली राजमार्गमा बस दुर्घटना, ३ को मृत्यु, ३४ घाइते « Khabarhub

कर्णाली राजमार्गमा बस दुर्घटना, ३ को मृत्यु, ३४ घाइते


११ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- कर्णाली राजमार्ग अन्तर्गत दैलेखको आठविस नगरपालिका १ सिस्नेमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् ।

कालिकोटबाट सुर्खेततर्फ जाँदै गरेको ना.२ ख ६६० नम्बरको बस कर्णाली राजमार्ग अन्तर्गत दैलेखको आठवीस नगरपालिकाको सिस्नेमा दुर्घटनामा परेको हो । दुर्घटनामा परि ३ जनाको मृत्यु भएको र अन्य ३४ जना गम्भीर घाइते भएको उद्धारमा खटिएका आठवीस नगरपालिका दैलेखका पूर्व नगर प्रमुख खड्गराज उपाध्यायले जानकारी दिएका छन् ।

दुर्घटना भएको बस कर्णाली नदिको तिरमा छ, छतमा र बसको कोलियामा समेत मानिसहरू यात्रा गरेको भन्ने सुनेका थियौँ । बसभित्रबाट घाइतेहरू निकाल्दै छौँ । ३ जनाको मृत्यु भएको छ रातिको समय भएकोले उद्धारमा समस्या भएको खड्गराज उपाध्यायले जानकारी दिएका छन् ।

राकमबाट उद्धारका लागि प्रहरी पुगिसकेको छ, अहिले प्रहरी र स्थानीयले घाइतेको उद्धार गरिरहेका छन् । घाइते सबैको अवस्था गम्भीर छ, एम्बुलेन्स अभाव छ । हेलिकप्टरबाट सरकारले उद्धार गरिदिएको भए घाइतेहरूलाई बचाउन सजिलो हुने खड्गराज उपाध्यायले बताएका छन् ।

प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले उद्धारका कामलाई प्रभावकारी बनाउन सुरक्षा निकायको चार वटा टोली खटाएको बताएका छन् । दैलेखका प्रहरी प्रमुख भुवनेश्वर प्रसाद शाहले दैलेख, दुल्लु, आठवीस र तल्लो डुँगेश्वरबाट उद्धारका लागि टोली पठाएको बताएका छन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : ११ जेठ २०७९, बुधबार  ९ : २८ बजे

साउदीको ठूलो तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण : भूउपग्रहबाट यस्तो देखियो क्षति

रियाद– साउदी अरबको पूर्वी सहर रास तनुरास्थित एक प्रमुख तेल

महाराजगन्ज र नैकापमा दुई गाडीमा आगजनी, दुर्गा प्रसाईं समूहको पर्चा भेटियो

काठमाडौँ– काठमाडौँका दुई छुट्टाछुट्टै स्थानमा रोकिराखेका सवारी साधनमा आगजनी भएको

दिवङ्गत अभिभावकका स्मृतिमा पाँच लाखको अक्षयकोष स्थापना

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगको स्वास्थ्यचौकीमा एक दम्पतीले दिवङ्गत अभिभावकको

सवारी दुर्घटनामा एक युवकको मृत्यु, एक घाइते

रुपन्देही– रुपन्दहीको देवदहमा गएराति भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु

भन्सार छलीका ८ लाखभन्दा बढीका सामान बरामद

भैरहवा– रुपन्देहीमा भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएका आठ