करिश्माले बालेनलाई बधाई दिँदै भनिन्, चुनावी नतिजाबारे पार्टीमा समीक्षा हुनुपर्छ « Khabarhub

करिश्माले बालेनलाई बधाई दिँदै भनिन्, चुनावी नतिजाबारे पार्टीमा समीक्षा हुनुपर्छ


११ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्थानीय तहको चुनावअघि नेकपा एमालेमा प्रवेश गरेकी अभिनेत्री करिश्मा मानन्धरले काठमाडौं महानगरको प्रमुखमा जित सुनिश्चित गरेका बालेन साहलाई बधाई दिएकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै उनले लोकतन्त्रमा जनताको रोजाई सर्वोच्च हुने भन्दै बालेन र उपप्रमुमा जित सुनिश्चित गरेकी सुनिता डंगोललाई बधाई दिएकी हुन् । सबै लोकतान्त्रिक बिचार राख्नेले नयाँ पुस्ताले गरेको यो ऊर्जाशील प्रयासलाई असाध्यै सकारात्मक तवरले लिनुपर्ने करिश्माको भनाई छ ।

तर उनले आफु एमाले समर्थक भएकोले पार्टीभित्र यस चुनावको नतिजाबारे समीक्षा हुनुपर्ने बताएकी छन् । धरानमा हर्क साम्पाङले जित्नु, विभिन्न स्थानमा स्वतन्त्र उम्मेदवारले जित्नुलाई उदाहरणको रुपमा लिन सकिने भन्दै उनले एमालेले मात्रै होइन हरेक पार्टीले यो सत्यलाई मनन गर्नुपर्ने उल्लेख गरेकी छिन् । आफू पार्टीमा नयाँ सदस्य भएका कारण आन्तरिक कुरा कम थाहा हुन सक्ने भन्दै उनले चुनावी परिणामको गम्भीर समीक्षा गर्नुपर्ने पनि बताएकी छिन्।

प्रकाशित मिति : ११ जेठ २०७९, बुधबार  ९ : ५४ बजे

बाढीपीडितका लागि रेडक्रस तनहुँद्वारा एक लाख बढी सहयोग

तनहुँ– नेपाल रेडक्रस सोसाइटी तनहुँ जिल्ला शाखाले भोटेकोशी बाढीपीडितको सहयोगार्थ

श्रम संस्कृति पार्टीको आरोप : भीमप्रसाद उपाध्यायले क्युआर कोड तोडमोड गरेर भ्रम फैल्याए

काठमाडौँ– श्रम संस्कृति पार्टीले नेपाल सरकारका पूर्वसचिव भीमप्रसाद उपाध्यायले आफ्नो

म्याग्दीको पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानका पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण

अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा

वाशिङ्टन डिसी– अमेरिकी सरकारले नेपालका बाढीपीडितका लागि ३६ लाख अमेरिकी

काभ्रेमा ‘हाटबजार’को लहर, किसानलाई बजारीकरणमा सहजता

काभ्रे– करिब अढाई वर्षअघि बनेपा नगरपालिकाले पहिलोपटक शुक्रबारे हाटबजार सुरु