युक्रेनमा जारी रुसी आक्रमणका कारण हङ्गेरीमा सङ्कटकाल घोषणा « Khabarhub

युक्रेनमा जारी रुसी आक्रमणका कारण हङ्गेरीमा सङ्कटकाल घोषणा


११ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युक्रेनमा जारी रुसी आक्रमणका कारण असर परेको भन्दै हङ्गेरीमा सङ्कटकाल घोषणा गरिएको छ । नवनिर्वाचित प्रधानमन्त्री भिक्टर ओर्बानले नयाँ सरकार गठनसँगै सङ्कटकाल घोषणा गरेका हुन् ।

उनले घोषणा गरेको आदेश यही मे २४ को मध्यरातदेखि लागू हुने घोषणामा उल्लेख गरिएको छ । सङ्कटकाल कार्यान्वयनका लागि राज्यका विभिन्न निकायहरू परिचालित हुने पनि उनले जानकारी दिए ।

रुस र युक्रेन बीचको द्वन्द्व निरन्तर चलिरहेकाले सङ्कटकाल घोषणा गर्नु परेको प्रधानमन्त्री ओर्बानको भनाइ छ । 

दुई देशको द्वन्द्वका कारण आर्थिक सङ्कट बढ्दै गएकाले आर्थिक सङ्कट न्यूनिकरणका लागि सङ्कटकालले सहयोग गर्ने हङ्गेरीको सरकारले आशा गरेको जनाइएको छ ।

ती देशको द्वन्द्वका कारण विश्वका अरु पनि धेरै देशमा आर्थिक सङ्कट उत्पन्न हुनुका साथै अभाव र महङ्गी सृजना भएको छ ।

 

प्रकाशित मिति : ११ जेठ २०७९, बुधबार  १० : ४६ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर