आजको मौसम : देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना « Khabarhub

आजको मौसम : देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना


११ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शनिबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावाना छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल प्रदेश नं १, मधेस प्रदेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव छ भने सूदुरपश्चिममा स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव छ ।

उक्त प्रणालीको प्रभावले प्रदेश नं १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश नं १ को एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । रातको समयमा पनि सोही मौसमी प्रणाली कायम रहनेछ ।

आइतबार सामान्यदेखि पूर्ण बदली रही देशभरका पहाडी भू–भागका धेरै स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव पाँच डिग्री र अधिकतम तापक्रम २८ दशमलव आठ डिग्री सेल्सियस छ ।

प्रकाशित मिति : ११ असार २०७९, शनिबार  ८ : २८ बजे

महाधिवेशनमा सबै पुस्ता र वर्गलाई जोड्ने प्रयास गरेका छौँ : विश्वप्रकाश शर्मा

काठमाडौं– नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले महाधिवेशनमा युवाहरूको ठूलो आकर्षण

स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन, पाँच दिनमा प्रतिवेदन बुझाउन निर्देशन

पोखरा – पोखरामा भएको स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति

पोखरा बस दुर्घटना : अस्पतालमा आफन्तको भीड (तस्बिरहरू)

पोखरा– पोखरामा भएको स्कुल बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको

दशक लामो अन्योल चिर्दै बन्यो लालबकैया पुल : कहिले हुन्छ सञ्चालन ?

काठमाडौँ – रौतहटको लालबकैया नदीमाथि निर्माणाधीन पुल लामो समयको अन्योल

कांग्रेस महाधिवेशन : साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो, कति समयमा सकिन्छ मतदान ?

काठमाडाैँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि