ग्लामरसँगै बोल्ड सुमी (फोटो फिचर)  « Khabarhub

ग्लामरसँगै बोल्ड सुमी (फोटो फिचर) 


११ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सन् २०२१ मा मिस तामाङको टाइटल जितेपछि सुमी मोक्तान मिडियामा छाइन् । मोडल र अभिनेत्री सुमीले झ्यानाकुटी र सरौतोमा अभिनय गरेकी छन् । उनले ‘जानी नजानी’ फिल्मको एक गीतमा नृत्य समेत गरेकी छन् । उनले म्युजिक भिडियो, फेशन शो, विज्ञापनमा पनि काम गरिसकेकी छन् ।

५ फिट ६ इञ्च अग्ली सुमी फिटनेशमा निकै ध्यान दिने गर्छिन् । स्लिम शरीर, मिलेको अनुहार र लोभलाग्दो हाइटका कारण सुमी यस क्षेत्रमा नोटिस भइसकेकी छन् ।

उनले ‘सरौतो’ फिल्ममार्फत एक्सन गर्लको छवि बनाएकी छन् । एक्सन गर्ल चाहिएमा आउने पहिलो नाम नै संवत सुमी हो । उनले सरौतोमा एक्सन गर्न २ वर्ष मार्सल आर्टको प्रशिक्षण लिइन् ।

उनले सांकेतिक भाषाको प्रशिक्षण पनि लिएकी छन्। क्यारेक्टरलाई जीवन्त बनाउन उनले गरेको मिहिनेत सायदै पछिल्लो समय नव प्रवेशीले गर्ने गरेका छन् ।

यद्यपि जुन शैलीमा यो क्षेत्रमा सुमी उदाउनु पर्ने हो, त्यो अनुसार आक्रामक बन्न सकेकी छैनन् । आफ्नो क्यारेक्टरका लागि गरेको मिहिनेतसँग दर्शक कनेक्ट नभएपछि उनले सफलता पाउन सकेकी छैनन् ।

उनको द्वन्द्व र नृत्यको जति चर्चा र तारिफ हुन्छ त्यति अभिनयको हुँदैन । यद्यपि सुमी प्रयत्नशील छिन् ।

सुमीसँग खबर हबका कुबेर डंगोलले गरेको फोटोशुट

प्रकाशित मिति : ११ असार २०७९, शनिबार  १० : ३६ बजे

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीबेँसीमा लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग

स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

चितवन– चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा