टोखा नगरपालिकामा दुई अर्ब ११ करोड ५६ लाख सात हजारको बजेट « Khabarhub

टोखा नगरपालिकामा दुई अर्ब ११ करोड ५६ लाख सात हजारको बजेट


११ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको टोखा नगरपालिकाले  दुई अर्ब ११ करोड ५६ लाख सात हजारको बजेट प्रस्तुत  गरेको छ । ऐतिहासिक, सांस्कृतिक, पर्यटकीय समृद्ध टोखा नगर निर्माणका लागि टोखाले आगामी वर्ष २०७९/८० को नीति तथा कार्यक्रमको कार्यान्वयनका लागि आज ११औँ नगरसभामा उक्त बजेट प्रस्तुत गरेको हो ।   नीति तथा कार्यक्रम प्रस्तुत गर्दै टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले चालू आवमा सम्झौता भई आवको अन्त्यसम्म कार्यान्वयन हुन नसक्ने योजना तथा कार्यक्रमलाई क्रमागतरुपमा निरन्तरता दिने बताए ।

टोखाले नीति तथा कार्यक्रममा नगरपालिकाभित्रको सुरक्षाका लागि मुख्य स्थानमा सिसी क्यामरा जडान गर्ने, टोलमा सुरक्षा साइरन जडान गर्ने, ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गर्ने, नगर प्रहरी परिचालन गर्ने बताएको छ । टोखाको चाकुलाई ब्रान्डिङ गरिने बताइएको छ ।यस्तै नगरपालिका र वडा कार्यालय परिसरमा फ्रि वाइफाइको व्यवस्था गर्ने, राजस्व तिर्ने व्यवस्थालाई अनलाइन प्रणालीमा लैजाने, नगरपालिकाका हरेक कामलाई विद्युतीय माध्यमबाट गर्ने, चौमासिकरुपमा सार्वजनिक सुनवाई कार्यक्रम सञ्चालन गर्ने, वित्तीय सुशासन कायम राख्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

टोखाले आव २०७९/८० भित्र कार्यालय भवन निर्माण सम्पन्न गरी नगरपालिकाको भवनबाटै सेवा प्रवाहको व्यवस्था मिलाउने, एक वडा एक उद्यान नीतिलाई निरन्तरता दिने, एक वडा एक विपद् सुरक्षितस्थल गरी आवश्यक पूर्वाधार विकास गर्ने बताएको छ ।

यसैगरी ‘मेयर उज्यालो’ कार्यक्रमलाई निरन्तरता दिँदै सार्वजनिक चोक, मठमन्दिर, विद्यालय, वडालगायत सबै स्थानमा सडक बत्ती जडान गर्ने, टोखा सांस्कृतिक संरक्षित क्षेत्रभित्रका प्राचीन शैलीका घरलाई संरक्षण गर्ने, मेयर दीर्घायु कार्यक्रमलाई निरन्तरता दिने, उपमेयरसँग बालबालिका कार्यक्रम सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

नीति तथा कार्यक्रमका आधारमा टोखा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि विभिन्न शीर्षकमा बजेट सार्वजनिक गर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शङ्करराज पाठकले जानकारी दिनुभयो । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा ११ वडा रहेका छन् ।

प्रकाशित मिति : ११ असार २०७९, शनिबार  १ : ५६ बजे

चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण मिसन असफल

बेइजिङ- चीनले शनिबार ‘शिजियान–३२’ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको

धरान बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

धरान- धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ५ जनाको पहिचान

बालेनपछि हर्कले दिए राजीनामा, सुनसरी १ बाट प्रतिनिधि सभामा उठ्ने

सुनसरी- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क सम्पाङ)ले आइतबार साँझ

स्वागत नेपाल राप्रपाबाट टिकट लिएर सभामुख घिमिरेविरुद्ध झापा–२ मा प्रतिस्पर्धा गर्ने

झापा- ‘स्वागत नेपाल’ नामले परिचित भद्रप्रसाद नेपालले फेरि झापा क्षेत्र