कम्युनिष्ट पार्टीलाई जोगाउनका लागि एकता अपरिहार्य छ : नेता गौतम « Khabarhub

कम्युनिष्ट पार्टीलाई जोगाउनका लागि एकता अपरिहार्य छ : नेता गौतम


११ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकता अभियानमा लागेका नेता वामदेव गौतमले कम्युनिष्ट पार्टीलाई जोगाउनका लागि एकता अपरिहार्य रहेको बताएका छन् ।

शनिबार ललितपुरमा आयोजित एकता राष्ट्रिय अभियानको दोस्रो भेलामा गौतमले कम्युनिष्टलाई जोगाउनका र बलियो बनाउनका लागि एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीबिच एकता हुनुपर्ने बताएका हुन् ।

स्थानीय निर्वाचनमा कांग्रेस पहिलो शक्तिको रूपमा र  प्रदेश र प्रतिनिधि सभाको निर्वाचनपछि बलियो हुने तर्क गरे। उनले कांग्रेस कम्युनिस्टको मित्र भए पनि कांग्रेसले नेतृत्व जारी राखे एमसीसीजस्ता आयोजना आइरहने तर्क गरे। अहिले कम्युनिस्ट पार्टीलाई एकतामा ल्याउन मध्यस्तकर्ताको आवश्यकता रहेकाले आफू नै उक्त भूमिका निर्वाह गर्ने उनको भनाइ छ । उनले एकताका लागि आफू जस्तोसुकै त्याग गर्न पनि तयार रहेको बताए।

उनले यसअघि नेकपामा प्रचण्डले केपी ओलीमाथि लगायतको आरोप फिर्ता नलिँदा पार्टी विभाजन भएको र आफू एकताको पक्षमा लागेको जिकिर गरे।

प्रकाशित मिति : ११ असार २०७९, शनिबार  ३ : ५३ बजे

चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण मिसन असफल

बेइजिङ- चीनले शनिबार ‘शिजियान–३२’ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको

धरान बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

धरान- धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ५ जनाको पहिचान

बालेनपछि हर्कले दिए राजीनामा, सुनसरी १ बाट प्रतिनिधि सभामा उठ्ने

सुनसरी- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क सम्पाङ)ले आइतबार साँझ

स्वागत नेपाल राप्रपाबाट टिकट लिएर सभामुख घिमिरेविरुद्ध झापा–२ मा प्रतिस्पर्धा गर्ने

झापा- ‘स्वागत नेपाल’ नामले परिचित भद्रप्रसाद नेपालले फेरि झापा क्षेत्र