बढ्दै मंकीपक्सको असर | Khabarhub Khabarhub

बढ्दै मंकीपक्सको असर


९ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मंकीपक्सको सङ्क्रमण बढ्दै गएपछि विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले स्वास्थ्य संकटकालको घोषणा गरेको छ। संसारमै सङ्क्रमण बढ्दै गएपछि डब्लुएचओले सावधानी र शतर्क गराउने सबै भन्दा महत्त्वपूर्ण काम नै यो घोषणा हो। भाइरसको बारेमा छलफल गर्न बसेको दोस्रो आपत्कालीन बैठकले यो घोषणा गरेको हो।

डब्लुएचओका निर्देशक डा. टेड्रोस आधनम गेब्रेयससले दिएको जानकारी अनुसार ७५ देशमा १६ हजार भन्दा बढी केस देखा परिसकेका छन्। यसक्रममा पाँच जनाको ज्यानसमेत गइसकेको छ। यसअघि डब्लुएचओले दुई रोगको सवालमा मात्र सङ्काटको घोषणा गरेको थियो। पोलियो र कोरोना भाइरसका कारण मात्र सङ्कटकालको घोषणा भएको थियो।

डा. टोड्रेसले बैठकमा सबै जना मंकीपक्सका कारण संकट उत्पन्न भएकोमा सहमत भएको बताए। उनले यो तीव्र गतिमा विश्वव्यापी रूपमा फैलिरहेको र चाँडो नै विश्वलाई समस्यामा पार्ने बताएका छन्। अहिले सङ्क्रमण अझ तीव्र गतिमा फैलन सक्ने केही तथ्य फेला परेका छन्।

‘मंकीपक्सको असर संसारभर नै देखिन सक्ने छ। यसको प्रकोप युरोपमा मात्र सीमित हुने छैन। यसले हामीलाई चिन्तामा लगेको छ’, टेड्रोसले भने।

उनले मानिसको आवज जावत र यात्राको क्रमले यो फैलँदै जाने सम्भावना प्रबल भएको समेत बताएका छन्। टेड्रोसेले यो घोषणासँगै भ्याक्सिन निर्माणको क्रम तीव्र रूपमा अगाडि बढ्ने तथा यसलाई नियन्त्रणमा लिन सबैको चासो बढ्न सक्ने कुरामा जोड दिएका छन्।
‘यो सही समूह सही रणनीतिसहित नियन्त्रणमा लिन सक्ने सरुवा रोगको प्रकोप हो’, उनले भने।

मंकीपक्स पहिलो पटक सन् १९५० मा मध्य अफ्रिकामा फेला परेको थियो। अहिले बेलायतमा दुई हजार भन्दा बढी मन्कीपक्स सङ्क्रमित फेला परेका छन्। केही समलिङ्गीमा अहिले यसको जोखिम बढेको छ। साथै स्वास्थ्यकर्मीमा पनि जोखिम बढेको कारण तत्कालै भ्याक्सिनको आवश्यकता महसुस हुन थालेको छ।

अहिले संसारका धेरै देशमा यसको असर देखिएको छैन। अथवा नगण्य असर छ। पश्चिमा देश अमेरिका, बेलायत र क्यानडामा भने यसरी सङ्क्रमण बढ्न थालेको छ। सामान्य मानिसमा यसबाट ज्यानै जान सक्ने खतरा एकदमै न्यून हुन्छ। तर, यस रोगले केही पनि गर्दैन भन्ने चाहिँ होइन। यस कारण यसबाट बच्नका लागि अहिले बिफरको भ्याक्सिन दिन थालिएको छ।

अहिले बेलायतले मात्र १ लाख डोज थप बिफर भ्याक्सिन स्टकमा राख्ने नीति लिएको छ। बिफर जस्तै देखिने यो रोग सङ्क्रमण सर्ने जोखिम हामीले भोगेको कोरोना महामारी जस्तो हुँदैन। मतलब यो सहजै सर्दैन।

पश्चिम अफ्रिकाका जङ्गलको छेउमा यो भाइरसको सङ्क्रमण धेरै देखिने गर्छ। त्यस क्षेत्रमा यस वर्षको सुरुवातदेखि यता १ हजार २ सय जना यस्ता सङ्क्रमित फेला परि सकेका छन्।

भाइरसका मुख्य दुई स्ट्रेन छन्। पश्चिम अफ्रिकी र मध्य अफ्रिकी दुई स्ट्रेन नै अहिले अस्तित्वमा छन्। यो मध्य पश्चिम अफ्रिकाको कम घातक स्ट्रेन हो। यो नै संसारमा घुमी रहेको छ।

अहिले अफ्रिका महादेशमा यात्रा नगरेकामा पनि यो भाइरस देखिनुको मतलब अन्य क्षेत्रको समुदायमा पनि यो भाइरस सङ्क्रमण फैलिसकेको छ भन्ने हो।

बेलायतको स्वास्थ्य सुरक्षा एजेन्सीले शङ्का लागेमा परीक्षण गराउन तथा परीक्षणको नतिजा बारे सरकारलाई जानकारी दिन आह्वान नै गरी सकेको छ। नजिकैको यौन स्वास्थ्य क्लिनिकमा सम्पर्क गर्न पनि सरकारले आह्वान गरिसकेको छ। सङ्क्रमण भएको ८ सातासम्म कन्डम लगाएर मात्र यौन सम्पर्क गर्नका लागि त्यहाँको स्वास्थ्य निकायले सूचना जारी गरेको छ।

यसको मृत्यु दर कम भए पनि बेलायतका यौन तथा छाला रोग विशेषज्ञ डा. जेम्स गालागार सावधान हुनै पर्ने केही कारण भएको बताउँछन्। यो रोग लागेको सुरुवाती दिनमा ज्वरो आउने, टाउको दुख्ने,पसिना आउने, ढाड दुख्ने र मांसपेशी दुख्ने जस्ता समस्या आउने गर्छन्।

ज्वरो पछि खटिरा पनि आउन थाल्छ। यो सुरुवाती दिनमा अनुहारमा देखिन थाल्छ। विस्तारै यो अन्यत्र पनि फैलन थाल्छ। यो हत्केलामा र पैतालामा धेरै देखिन सक्छ। यो खटिरा नरम र दुख्ने हुन्छ। पछि यो विभिन्न चरण पार गरेर अन्त्यमा ठिक भए पनि दाग बस्न सक्ने सम्भावना धेरै हुन्छ। सङ्क्रमण भने १४ देखि २१ दिनसम्म रहन्छ।

सङ्क्रमित व्यक्तिको संसर्गमा रहेपछि यो भाइरस सर्न सक्छ। पहिलो यस सङ्क्रमण यौन गतिविधिबाट सर्दैन भन्ने थियो। छाला, श्वास प्रश्वासका अङ्ग, आँखा, नाक र मुखबाट पनि सर्न सक्ने पुष्टि भइसकेको छ। अहिले सङ्क्रमित व्यक्तिसँग यौन सम्पर्क गर्नु गलत ठानिएको छ। तर, यौन रसबाट सरेको तथ्य नै भने फेला परिसकेको छैन।

बाँदर, खरायो र लोखर्के लगायत सङ्क्रमित जनावरको सम्पर्कमा पुगेमा सङ्क्रमणको सम्भावना बढी हुन्छ। लुगा वा ओछ्यानमा रहेको भाइरसबाट पनि यो सर्न सक्छ। कहिले कहीँ यो सङ्क्रमण पछि दादुरा पनि हुनसक्छ। अहिले बेलायत लगायत पश्चिमा देशमा समलिङ्गीहरूमा यो सङ्क्रमण देखिनेक्रम बढेकाले गलत यौन गतिविधिलाई नियन्त्रण गर्नुपर्ने आवाज उठेको छ।

पहिलो पटक यो भाइरसको सङ्क्रमण बाँदरमा देखिएको थियो। सन् १९७० पछि यो फैलँदै गएको थियो। अमेरिकामा पहिलो पटक सन् २००३ मा भाइरसको सङ्क्रमण देखा परेको थियो। यस अगाडि पनि बेलायतमा सन् २०१८ र २०२१ मा मनग्ये मात्रामा मंकीपक्सका सङ्क्रमित भेटिएका थिए। अमेरिकामा २०२१ मा धेरै सङ्ख्यामा यसका सङ्क्रमित फेला परेका हुन्। ती सबै अफ्रिकाबाट आएका मानिसबाट या त्यहाँबाट ल्याएका जनावरबाट नै सरेको थियो।

यस रोगको बारे अध्ययन गरी रहेका प्राध्यापक हार्बी अहिले के भएको भन्ने ठ्याक्कै थाहा पाउन कठिन भए पनि अफ्रिकाबाट आउने मानिसबाटै अमेरिका र युरोपमा यो सङ्क्रमण फैलिएको हुन सक्ने बताउँछन्।

अफ्रिकाबाट पाल्नका लागि ल्याइएका साना कुकुरबाट यो रोग सरेको जनाइएको छ। अमेरिकामा त्यसै समयमा ८३ जना मङ्कीपक्स सङ्क्रमित भेटिए पनि कसैको पनि ज्यान गएको थिएन।

नाइजेरियामा सन् २०१७ मा सबैभन्दा सङ्क्रमण देखिएको थियो। सो समयमा १ सय ७२ शङ्कास्पद केस थिए। ती मध्यका ७५ प्रतिशत २१ देखि ४० वर्ष बीचमा थिए।

यसलाई नियन्त्रण गर्ने सबै भन्दा राम्रो उपाय भनेको सावधानी अपनाउनु नै हो। बिफरको भ्याक्सिन मंकीपक्स नियन्त्रणमा ८५ प्रतिशत प्रभावकारी पाइएको छ। बेलायतमा अहिले टेकोभिरिमाट नामको एन्टी भाइरल औषधिलाई पनि अनुमति दिइएको छ।

अहिले यसका बारे विभिन्न गाइडलाइन नै तयार हुन थालेका छन्। मंकीपक्सका बारे गाइडलाइन तयार पार्ने सुरुवाती देश अमेरिका हो।

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रीभेन्सन (सीडीसी)ले तयार पारेको गाइडलाइन अनुसार कुनै गम्भीर रोगको उपचार गराइरहेका बिरामीलाई मंकीपक्स देखिएमा तत्काल अस्पताल जान भनिएको छ।

विभिन्न रोगका दीर्घ रोगीलाई पनि मंकीपक्स देखिएमा तत्काल उपचार गर्न अस्पताल जान भनिएको छ। एचआइभी भएका रक्त क्यान्सर भएका अन्य कुनै पनि किसिमका क्यान्सर भएका ट्युमरको समस्या भएका र अंग प्रत्यारोपण भएकालाई धेरै सचेत हुन र बढी सावधानी अपनाउन भनिएको छ।

यस रोगबाट थोरैको ज्यान गएको भए पनि यसलाई सामान्य नठानी भ्याक्सिन, सावधानी र उपचार पद्धतिमा चासो दिनु जरुरी ठानिएको छ। श्रोत स्रोत : बीबीसी, डब्लुएचओ

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ८ : ०० बजे

ईशनाथ नगरपालिका –१ का वडाध्यक्ष साहको निधन

चन्द्रपुर– मिर्गौलापीडित ईशनाथ नगरपालिका–१ का वडाध्यक्ष बिगु साहको उपचारका क्रममा

छुर्पीको गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिने

काठमाडौं– छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्ड मन्त्रिपरिषद्बाट स्वीकृतिका लागि प्रस्ताव लैजान

देशका अधिकांश भागमा आज मौसम सफा रहने

काठमाडौं– हाल देशभर पश्चिमी  तथा पहाडी भागमा स्थानीय वायुको सामान्य

हिमाल हेर्न कोखेडाँडा

पर्वत – मोदी गाउँपालिका वडा नम्बर १ झिलिबराङ्गस्थित कोखेडाँडा पर्यटकीय

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल कात्तिक ३० गते शुक्रबार सन्