इन्द्रजात्रामा एसियाली मुलुकका राजधानीका प्रमुखलाई निमन्त्रणा गरिने  « Khabarhub

इन्द्रजात्रामा एसियाली मुलुकका राजधानीका प्रमुखलाई निमन्त्रणा गरिने 


९ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – यस वर्षको इन्द्रजात्रा अवलोकनका लागि अन्तर्राष्ट्रिय नगरका प्रमुखहरूलाई निमन्त्रणा गरिने भएको छ ।

साउन १ गतेको छैटौँ कार्यपालिका बैठकको  निर्णय कार्यान्वयनका लागि महानगरका प्रमुख बालेन्द्र शाहको अध्यक्षतामा मूल समारोह समिति हुने भएको छ । त्यस समितिमा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहित वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरु सदस्य रहनेछन् ।

महानगरका प्रमुख शाहको अध्यक्षतामा बसेको तयारी बैठकमा कार्यान्वयन समिति गठन गरिएको छ । समितिमा प्रशासन, वित्त र सम्पदा विभाग, हनुमानढोका दरबार संरक्षण कार्यक्रम र अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालय रहेका छन् ।

यस वर्ष भदौ २४ गते शुक्रबार इन्द्रजात्रा परेको छ । यो जात्रा हेर्न महानगरले भगिनी सम्बन्ध भएका १८ वटा नगरबाट र दक्षिण एसियाली मुलुकहरू (सार्क राष्ट्र) बाट ७ वटा राजधानी सहरका प्रमुख गरी २५ वटा नगरबाट प्रमुखहरूलाई निमन्त्रणा गर्ने तयारी छ । प्रमुखहरूका साथमा ४ जना अधिकारीहरूलाई निम्ता दिइनेछ ।

महानगरले देशभित्रका ५ वटा र अन्तर्राष्ट्रिय स्तरका १८ वटा नगरसँग भगिनी सम्बन्ध छ ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  १० : ५९ बजे

स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकामा आयोगलाई राष्ट्रपतिले दिए धन्यवाद

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विशिष्ट परिस्थितिमा घोषणा भएको निर्वाचनलाई

विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ

काठमाडौं – नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अमेरिकी डलर २८

केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

काठमाडौं– प्रहरीले जेन-जी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई पक्राउ

कोमोरोसमा डुङ्गा दुर्घटना : १७ आप्रवासीको मृत्यु, ४ बेपत्ता

एजेन्सी– कोमोरोसको समुद्री तट नजिकै डुङ्गा दुर्घटना हुँदा कम्तीमा १७