'नेपालमा राजनेता होइन, राष्ट्रघाती नेताहरु छन्' | Khabarhub Khabarhub

‘नेपालमा राजनेता होइन, राष्ट्रघाती नेताहरु छन्’

'चुनावमा ६५ वर्ष कटेका उम्मेद्वारलाई हराउनुपर्छ'



काठमाडौँ – भारत भ्रमणबाट फर्किएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक रूपमा एउटा फड्को मार्न खोजेको देखिन्छ । नेपाली कांग्रेससँग गठबन्धन रहने संकेत रहे पनि उनले एकीकृत नेकपा समाजवादीका अध्यक्ष माधव नेपाल र जसपाबाट अलग भएका नेता डा.बाबुराम भट्टराई, एमालेका वामदेव गौतम लगायत नेताहरुसँग एकीकृत समाजवादी केन्द्र बनाउने विषयमा छलफल अगाडि बढाएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीबाहेकको वाम एकताको तयारी भए पनि यसलाई प्रचण्डले समाजवादी केन्द्रको नाम दिएका छन् । एक समय माओवादी केन्द्र र एमालेबीच पार्टी एकीकरण भएर वाम एकता भए पनि त्यो सफल हुन सकेन । चुनाव जित्ने रणनीतिका रुपमा अघि सारिएको समाजवादी केन्द्र निर्माण र दिगो हुन सक्ला ? खबरहबका लागि राजनीतिक विश्लेषक मुमाराम खनालसँग चन्द्रकान्त न्यौपानेले गरेको कुराकानीको सम्पादित अंशः

पछिल्लो विकसित भएको राजनीतिलाई तपाईँले कसरी हेर्नु भएको छ ?
समाजवादी केन्द्र र वाम गठबन्धन बनाउने कुरा एउटै हो । किनभने जसले समाजवादीका कुरा गरेका छन्, उनीहरू कुनै न कुनै रूपमा वामपन्थी वा आफूलाई कम्युनिस्ट दाबी गर्ने राजनीतिक शक्तिहरू हुन् । नेपाली राजनीतिमा धेरै पात्रहरू छन् । उमेरले उनीहरूले आफ्नो कार्यकालमा जे गर्नु पर्ने थियो, त्यो गरिसकेर र अब राजनीतिमा, मुलुकमा एउटा बोझ मात्र हुने नेतृत्वले यी कुरा गर्नु आफैमा कुनै सान्दर्भिक छैन । किनकि उनीहरू राजनीतिमा टिक्ने र राज्य दोहनमा नै लिप्त हुने र सांगठनिक जडता जुन छ । त्यसलाई अझ निरन्तरता दिने कोणबाट नै राजनीतिमा धेरै प्रकारका टिकाटिप्पणीहरु हुने गरेका छन् । किनभने यसले सेवा प्रवाहमा राम्रो कुरा खेलेन । राज्य सञ्चालनमा राम्रो भूमिका खेलेन । राज्यका संवैधानिक अंगहरुलाई पुरै काम नलाग्ने बनायो भन्ने आरोपमा राजनीतिक दलहरूमा पनि यो कुराको अनुभूति भयो । विभिन्न नामहरूबाट त्यसलाई जेनतेन गरेर टिकिरहन नै यो पार्टीहरु समाजवादी भने पनि वाम गठबन्धनकै सार हो । असान्दर्भिक भैसकेको राजनीतिलाई सान्दर्भिक बनाउने एउटा असफल प्रयास हो यो ।

प्रचण्ड भारत भ्रमण सकेर आएपछि यो प्रसंग अलि व्यापक भयो । बाबुराम भट्टराईले पनि समाजवादी केन्द्र बनाउनु पर्छ भन्नु भएको छ, यो पृष्ठभूमि एकाएक कसरी आयो ?
नेपालको राजनीतिमा चुनावको मुखमा नेपालका वामपन्थीहरुले गुट, टुट र जुट भन्ने कुनै राजनीतिक एजेन्डाबाट होइन, शीर्ष नेतृत्वलाई संकट आएपछि एकता हुन्छ । सत्ता संघर्ष चर्किएपछि पार्टी विभाजनमा जान्छ । केही नेताको पार्टी नै छैन जस्तो बाबुराम भट्टराईको पार्टी नै छैन उहाँलाई पार्टी बनाउन धेरै चुनौतीहरूको सामना गर्नु पर्दछ । उहाँको व्यक्तिगत पार्टी सान्दर्भिकता लागि एकीकरण चाहिन्छ । प्रचण्डको पार्टीले पनि कसैसँग नमिली आफ्नो स्वतन्त्र छुट्टै अस्तित्व गुमाएको छ । त्यसैले एउटा तरबार बेचुवा र घिउ बेचुवाहरूको एकता र विभाजनले नेपाली राजनीतिमा वितृष्णा पैदा गरेको छ ।

उहाँहरु सबै राजनीतिक दलका शीर्ष नेताहरूको पार्टीले उत्तरार्धको मोड लिएको भन्ने सन्देश हो त यो ?
नेपाली राजनीतिक रूपबाट असान्दर्भिक भैसकेका पात्र हुन् । यी पात्रहरूले छोड्दिने हो भने अर्को पुस्ताले जस्तो सक्थ्यो त्यस्तै पार्टी बनाउँथ्यो । सक्दैनथ्यो त उ सन्तुष्ट हुन्थ्यो । तर त्यो बुढो टक्काले जुन ढङ्गले राजनीतिक पार्टीलाई बन्ध्याकरण गरेको छ । त्यसमा पनि नेपाली राजनीतिलाई असफलतातिर लगेको शक्ति अझै बलियो बनाउनु भनेको त पार्टी ठुलो नभई समस्या ठुलो हुन्छ । भ्रष्ट्राचार सानो नभई भ्रष्ट्राचार ठुलो हुन्छ । यी समस्यालाई समाधान गर्न हैन थप गर्न पार्टी किन बनाउनु पर्‍यो ? संकटग्रस्त मान्छेहरूको संकटग्रस्त उमेरमा किन हुल बनाउनु पर्‍यो ।

समाजवादी केन्द्र निर्माण गर्न प्रचण्ड सफल नभए उनको भविष्य कता जान्छ होला ?
प्रचण्डको पार्टी एउटा ठुलो हिंसात्मक संघर्षबाट आएको हुनाले उसलाई एउटा पार्टी र एउटा शक्तिमा नरहने हो भने आफ्नै पार्टीकाले चुट्छन् भन्ने डर छ । त्यसैले प्रचण्डका लागि त्यो समूहलाई आफ्नो ठाउँमा राखेर राष्ट्रिय राजनीतिमा सबैलाई तर्साउने मात्र हो । आफू बलियो भयो भने पार्टीमा ल्याउने र कमजोर हुँदा पाटीबाट लखेट्ने उनको यो धन्दा पहिला देखि नै आएको हो । त्यसैले ७० कटेका नेताले के गोल हान्छन् राजनीतिमा ? यसैले अहिले गोल हान्ने युवाहरू आएका छन् । गोल हान्ने हैन राजनीतिको पोखरी धमिलो बनाउने र त्यहाँ माछा मार्ने मात्र ध्यान शीर्ष नेताहरुको छ । नत्र राष्ट्रिय राजनीति कहाँ पुगेको छ भन्ने त हाम्रो विदेशी नीति खतम भएर गएको छ । खुलेआम लुटतन्त्र अर्थ मन्त्रालयदेखि लिएर अदालतदेखि राष्ट्र बैकदेखि कहाँ गएर हाम्रो राज्य सत्ताका अङ्गहरूले काम गरेका छन् र ? त्यसैले उहाँहरूको प्रतिभा देखियो । अब यो राष्ट्रिय राजनीतिमा जुन पात्रहरू छन् । उनीहरूको टिप्पणी गर्नु बोल्नु कुनै अर्थ छैन । जहिल्यै एउटै कुरा आउँछ ।

यदि आउँदो चुनावमा एमाले र कांग्रेससँग प्रचण्डले तालमेल गर्न सकेनन् भने के हुन्छ ?
माओवादी सत्तामा आएदेखिको अवस्थालाई हेर्ने हो भने देश दिन दुई गुणा र रात चौ गुणाले तल रसातलमा पुग्दै छ । विश्वका १० वटा राष्ट्रमध्ये सबै भन्दा खराब राहदानी बोक्ने मुलुक नेपाल हो । प्रचण्ड कुनै राजनेता हैनन् । हिंसाबाट आएको हुनाले डर र त्रासको आधारमा फेरी जंगल जान्छु भनेर राखे । एउटा आतंककारी नेता उनको परिचय हो । नेपालमा राजनेता भएको भए नेपाल यस्तो नै हुँदैनथ्यो । नेपालमा पार्टी जति असफल भए पनि नेता सफल भएका छन् । यो देशलाई विधि, विधान र कानुनबाट बाहिर राखेर मुलुकको संरचना नै बिगारे ती राजनेता हैनन् । ती राष्ट्रघाती नेताहरू हुन् । जसले मुलुकलाई गरिब बनाउँदै जाने र आफू धनी हुँदै जाने, आफ्नो सन्तान धनी हुँदै जाने र मुलुकलाई संकटमा लैजाने गर्छन् । मुलुकलाई संकट आयो भने नेपाल छोडेर भाग्ने समस्या छ । त्यसकारणले हामी ज्ञानेन्द्र शाहलाई धन्यवाद दिन सक्छौँ । उनी समस्या आयो भनेर नेपाल छोडेर त भागेनन् । अफगानिस्तानका नेताहरू भागेर अमेरिका गए । श्रीलङ्काका प्रधानमन्त्री र राष्ट्रपति भागेर सिंगापुर पुगे । त्यसैले कुनै पनि नेता राजनेता बनेर आएका हुँदैनन् । राष्ट्रमा जे जति समस्याहरु छन् । ती समस्यालाई लोकतान्त्रिक ढंगले हल गर्ने भन्दा पनि लोकतन्त्रलाई अपहरण गर्ने र लोकतन्त्रलाई निरुत्साहित गर्ने गिरोहको रूपमा नेपाली कांग्रेस पनि छ, माओवादी पनि छ, एमालेमा पनि छ । त्यसैले तीन वटै पार्टीमा लोकतन्त्रको कुनै गुन्जायस नै छैन ।

आउँदो चुनावमा नेपाली जनताले चाहे पनि नचाहे पनि यी नै पार्टीलाई रोज्नु पर्ने हो कि के होला ?
साना साना प्रयत्नहरू आफैँमा भएका छन् । तर ती पनि अहिलेको लोकतन्त्रसँग दिकदार भएपछि अझ ठुलो फराकिलो लोकतन्त्रमा लाग्ने हो । न कि अतीतको यात्रामा रमाउने होइन । वर्तमानमा जान हामीसँग लोकतान्त्रिक परिवेशलाई फराकिलो पार्ने अर्को कुनै उपाय नै छैन । त्यसैले त्यो दक्षिण पन्थी राजनीतिका लागि नेपाल २०४६ सालमा पञ्चायत र राजाको जगजगी थियो । त्यतिबेला विद्यार्थीहरुले उठ्नको लागि उम्मेदवार पनि पाउँदैनथे भने ४० वर्ष पार गरी सक्यो । त्यसैले राजा आउने भन्ने केही हुँदैन ।

रवीन्द्र मिश्रले त खुलेआम राजाको पक्षको वकालत गर्दै राजाकै तस्बिर सार्वजनिक गर्नु भयो ?
उनी एक राजावादी नै हुन् । त्यसैले उनले राजाका विषयमा धेरै पुस्तकहरू पनि प्रकाशित गरिसकेका छन् । त्यसैले त्यो उनको व्यक्तिगत विचार हो । पार्टी बनाउँदा केही समय आफ्नो वास्तविकता लुकाए । पार्टी बनाउन नसकेपछि राजावादी नै हुन् ।

नेपाली राजनीतिमा अब कुनै आशाको बाटो नै छैन त ?
यी जुन प्रयत्न भएका छन् । त्यो भन्दा अझै राम्रो बनाउँदै लैजानु पर्दछ । जुन प्रयत्न भएका छन् । ती सबै दक्षिण पन्थी प्रयत्न भएका छन् । पार्टीहरूको भन्दा खराब प्रयत्न गरेर जित्न सकिँदैन । उनीहरुलाई हराउन त्यो पार्टीभित्र रहेका र यो पार्टीका लागि लडिरहेका मान्छेलाई समर्थन गर्नुपर्छ । पार्टीभित्र भएका शीर्ष नेताहरु छन् । तिनलाई हराउनु पर्दछ । सम्पूर्ण देशभरी पार्टीमा रहेका ६५ वर्ष कटेका नेता तथा उम्मेदवारलाई हराउनुपर्छ । सबैले आ–आफ्नै तर्फबाट लागि पर्ने हो भने वा बाहिर भित्र रहेको दोहनलाई समाप्त गरेन भने त्यसले राष्ट्रिय राजनीतिमा बाचुन्जेलसम्म राज्य दोहन गर्ने र राज्यको अस्तित्वलाई समाप्त पारेर मर्ने छ । अबको नयाँ पुस्ता असफल रह्यो यसलाई हटाइएन भने राज्यलाई यिनीहरूले बाँकी राख्दैनन् ।

पछिल्लो समय नागरिकता विधेयकले विवाद सिर्जना भएको छ, यो पछाडिको कारण के देख्नुहुन्छ ?
नागरिकता भनेको प्रत्येक देशको जियोग्राफी कस्तो छ भनेर त्यसको आधारमा नागरिकता तयार हुन्छ । राष्ट्र अनुसार नागरिकताको परिचय फरक–फरक हुन्छ । लोकतन्त्रमा महिला र पुरुषबीच भेदभाव गर्नु हुँदैन । राष्ट्रियता भनेको सबैको समान हुन्छ । जुन राष्ट्रको राजनीतिक स्थिति र लोकतन्त्र जस्तो छ, त्यसको आधारमा नै नागरिकता नीति हुन्छ । त्यसैले सांसदले पारित गरेको नागरिकता नीति राष्ट्रघाती छ ।

(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ११ : ३४ बजे

पक्राउ परे एमाले केन्द्रीय सदस्य महर, म्याद थपका लागि अदालत लगियो

काठमाडौँ- प्रमुख सत्तारुढ नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरलाई नेपाल

श्रीलंकाका पूर्वराष्ट्रपति विक्रमासिङ्घे जमानतमा रिहा

एजेन्सी– पदमा रहँदा सार्वजनिक कोष दुरुपयोग गरेको आरोपमा पक्राउ परेका

बारामा शतप्रतिशत धान रोपाइँ सम्पन्न

कलैया– जिल्लामा चालु आर्थिक यस वर्षमा शतप्रतिशत वर्षे रोपाइँ भएको

शेयर बजारमा उछाल, आधा सेन्चुरीले बढ्यो नेप्से 

काठमाडौं– बुधबार शेयर बजारमा उछाल आएको छ । बुधबार नेपाल

मङ्सिरमा बाघ र गैँडा गणना गरिने 

चितवन– गत आर्थिक वर्षमा अन्तिम अवस्थामा दाताले सहयोग गर्न नसक्ने