नागरिकतासहित दुई विधेयक राष्ट्रियसभामा टेबुल « Khabarhub

नागरिकतासहित दुई विधेयक राष्ट्रियसभामा टेबुल


९ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रियसभाको आजको बैठकमा नेपाल नागरिक (पहिलो संशोधन) विधेयकसहित दुई विधेयक टेबुल भएका छन् ।

बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई सभा समक्ष टेबुल गरेका हुन् ।

सचिव फुँयालले राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभा पठाइएका ‘नेपाल इञ्जिनीयरिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६ र ‘ज्येष्ठ नागरिकसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी सभा समक्ष पेश गरे ।

त्यस्तै, बैठकमा खानेपानी मन्त्री उमाकान्त चौधरीले खानेपानी तथा सरसफाइ विधेयक, २०७६ लाई दफाबार छलफलका लागि विधेयन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरे। पहिलो बैठक १० मिनेटका लागि स्थागित भएर अहिले दोस्रो बैठक सुरु भई नागरिकता विधेयकमाथि छलफल भइरहेको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  १२ : ०५ बजे

रास्वपा नेता तथा गायक प्रकाश सपुतले गरे मतदान

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का समानुपातिक उम्मेदवार तथा गायक

सर्लाही-४ को एउटा केन्द्रमा विवाद: मतदाता बीच कुटाकुट

काठमाडौं – सर्लाही निर्वाचन क्षेत्र नं ४ को एउटा मतदान

पूर्व सभामुख अग्निप्रसाद सापकोटाले गरे मतदान

काठमाडौं– पूर्व सभामुख अग्निप्रसाद सापकोटाले मतदान गरेका छन् । उनले

दीपक प्रकाश भट्टले गरे मतदान

काठमाडौं– दीपक प्रकाश भट्टले प्रतिनिधिसभा निर्वाचनका अवसरमा मतदातालाई मतदानमा सहभागी

भयरहित वातावरणमा मतदान गरौँ, कांग्रेस सबैभन्दा ठूलो दल बन्दैछ : विश्वप्रकाश शर्मा

झापा – नेपाली कांग्र‍ेसका उपसभापति विश्वप्रकाश शर्माले मतदान गरेका छन्