सूर्यविनायकमा पूजा गर्दै ‘छक्का पञ्जा ४’ घोषणा  « Khabarhub

सूर्यविनायकमा पूजा गर्दै ‘छक्का पञ्जा ४’ घोषणा 


९ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अन्ततः दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको समुहले छक्का पञ्जा सिरिजलाई नै अगाडि बढाउने भएको छ । उक्त समुहले छक्का पञ्जा अन्तर्गतको चौथो सिरिजको घोषणा गरेको छ । सूर्यविनायकमा सोमबार पूजाआजा गर्दै निर्माण टिमले फिल्मको नाम र कलाकारको नाम औपचारिक रुपमा घोषणा गरेको हो । फिल्ममा निर्देशक र केही कलाकार परिवर्तन भएका छन् ।

‘छक्का पञ्जा ४’ लाई हेमराज बिसीले निर्देशन गर्दैछन् । यसअघिका तीनै शृंखला दीपाश्री निरौलाले निर्देशन गरेकी थिइन् । योबाहेक फिल्मबाट निर्माताको टिम पनि अलग्गिएको छ । यसअघि फिल्ममा साझेदार रहँदै आएका सुमन गिरी र निशान बजगाईं यो फिल्मको निर्माण समूहबाट अलग भएका छन् । उनीहरूले जितु नेपालसँग मिलेर फिल्म निर्माण गर्ने तयारी गरिरहेका छन् । 

यसैगरी यो फिल्मबाट राज आचार्यले हिरोमा डेब्यू गर्दैछन् । फिल्मको यो शृङ्खलामा यसपटक मलिना जोशी र बेनिशा हमाल थपिएका छन् । यसअगाडि दीपकले अर्कै शिर्षकमा फिल्म बनाउने सोच बनाएका थिए ।

यद्यपि ‘कबड्डी’ को चौथो शृङ्खलाले गरेको व्यापारपछि उनको समुहले यसै नाममा फिल्म बनाउने निधो गरेका हुन् । कबड्डीको चौथो शृङ्खलाले नेपालमा मात्र नभई विदेशमा पनि उत्तिकै व्यापार गरेको थियो । यो फिल्मलाई दसैँ वा तिहारमा प्रदर्शनमा ल्याउने गरि फिल्मको छायांकन आजैबाट सुरु गरिएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  १२ : ४२ बजे

देवानगञ्ज घटना हुँदा सुनसरीमा थिएनन् दुवैजना एसपी

सुनसरी– सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

काठमाडौं– आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको क्षेत्रफल,

पहिरो पन्छाउन तीन ठाँउमा उपकरण

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डमा खस्ने पहिरो तत्काल पन्छाउन तीन स्थानमा एक्साभेटर,

‘कक्रोच’ आन्दोलनमा पक्राउ परेका प्रदर्शनकारीलाई रिहा गर्न माग

नयाँदिल्ली– भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामासँगै

असन्तुष्ट छरिएपछि ओलीलाई भेट्दै शीर्ष नेताहरू

काठमाडौं- नेकपा र एमालेबीच सातै प्रदेशमा सत्ता सहकार्य भएको विषय