सूर्यविनायकमा पूजा गर्दै ‘छक्का पञ्जा ४’ घोषणा  « Khabarhub

सूर्यविनायकमा पूजा गर्दै ‘छक्का पञ्जा ४’ घोषणा 


९ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अन्ततः दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको समुहले छक्का पञ्जा सिरिजलाई नै अगाडि बढाउने भएको छ । उक्त समुहले छक्का पञ्जा अन्तर्गतको चौथो सिरिजको घोषणा गरेको छ । सूर्यविनायकमा सोमबार पूजाआजा गर्दै निर्माण टिमले फिल्मको नाम र कलाकारको नाम औपचारिक रुपमा घोषणा गरेको हो । फिल्ममा निर्देशक र केही कलाकार परिवर्तन भएका छन् ।

‘छक्का पञ्जा ४’ लाई हेमराज बिसीले निर्देशन गर्दैछन् । यसअघिका तीनै शृंखला दीपाश्री निरौलाले निर्देशन गरेकी थिइन् । योबाहेक फिल्मबाट निर्माताको टिम पनि अलग्गिएको छ । यसअघि फिल्ममा साझेदार रहँदै आएका सुमन गिरी र निशान बजगाईं यो फिल्मको निर्माण समूहबाट अलग भएका छन् । उनीहरूले जितु नेपालसँग मिलेर फिल्म निर्माण गर्ने तयारी गरिरहेका छन् । 

यसैगरी यो फिल्मबाट राज आचार्यले हिरोमा डेब्यू गर्दैछन् । फिल्मको यो शृङ्खलामा यसपटक मलिना जोशी र बेनिशा हमाल थपिएका छन् । यसअगाडि दीपकले अर्कै शिर्षकमा फिल्म बनाउने सोच बनाएका थिए ।

यद्यपि ‘कबड्डी’ को चौथो शृङ्खलाले गरेको व्यापारपछि उनको समुहले यसै नाममा फिल्म बनाउने निधो गरेका हुन् । कबड्डीको चौथो शृङ्खलाले नेपालमा मात्र नभई विदेशमा पनि उत्तिकै व्यापार गरेको थियो । यो फिल्मलाई दसैँ वा तिहारमा प्रदर्शनमा ल्याउने गरि फिल्मको छायांकन आजैबाट सुरु गरिएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  १२ : ४२ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२