गीत सार्वजनिक गर्दै शुभारम्भ भयो ‘नारायण बल्लभ फाउन्डेशन’ « Khabarhub

गीत सार्वजनिक गर्दै शुभारम्भ भयो ‘नारायण बल्लभ फाउन्डेशन’


९ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वरिष्ठ अभिनेता सरोज खनाल र कलाकार शिशिर भण्डारी अभिनीत म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलिज भएको छ । शनिबार काठमाडौंमा आयोजित ‘नारायण बल्लभ फाउन्डेशन’ को घोषणा समारोहबीच यस गीतको भिडियो रिलीज गरिएको हो ।

गीतमा ‘नारायण बल्लभ फाउन्डेशन’ का अध्यक्ष नरेन्द्र बल्लभ पन्तको गीत, संगीत तथा स्वर रहेको छ ।  सुव्रत आचार्यको निर्देशनमा बनेको यस भिडियोमा खनाल र भण्डारीको साथमा एलिश खनाल, गीता थापा, बालकलाकार दियान गौतम, रोमन दंगाल लगायतको अभिनय रहेको छ । यो गीत ‘नारायण बल्लभ पन्त प्रतिष्ठान’ द्वारा निर्माण भएको हो ।

गीतकार, संगीतकार तथा गायक नरेन्द्रले पिताको निधन भएको एक वर्षपछि पिताकै सम्झना र समर्पणस्वरुप यो गीत लेखेको बताए ।अभिनेता सरोज खनालले स्व. पन्तको भूमिकामा अभिनय गर्दा आफूलाई अत्यन्तै खुशी लागेको बताए । खनालले कमै मात्रामा वास्तविक पात्रहरूमा अभिनय गर्न पाइने बताउँदै यस प्रकारको अभिनय सबैभन्दा गाह्रो रहेको रहेको जिकिर गरे । निर्देशक आचार्यले वास्तविक कथामा काम गर्नु आफैमा चुनौती रहेको बताए ।

स्व. नारायण बल्लभ पन्तको स्मृतिमा शुरु भएको ‘नारायण बल्लभ पन्त प्रतिष्ठान’ को पूर्व उद्योग, वाणिज्य तथा आपुर्ति राज्यमन्त्री तथा अन्तराष्ट्रिय चेम्बर अफ कमर्स नेपालका अध्यक्ष डा. राजेश काजी श्रेष्ठले उद्घाटन गरेका छन् । कार्यक्रममा बोल्दै श्रेष्ठले पिताको चाहना अनुसारको सामाजिक कार्य गर्नको लागी स्व.पन्तका सन्ततिलाई आफूले सोचेको भन्दा निकैमाथि पाएको बताए । संगीत मार्फत पिताको त्याग र परिवारप्रतिको समर्पण देखाउन सक्नु निकै सुखद रहेको उनले बताए ।

विभिन्न सामाजिक कार्य गर्ने उद्देश्यले शुरु भएको फाउन्डेशन उद्घाटनमा आर्थिक समस्याको कारण स्नातक तहको अध्ययनमा समस्या झेलिरहेकी सम्पन्नता विन्दुकारलाई ५१,००० प्रदान गरिएको थियो ।

हालको लागि दश लाखको अक्षयकोष स्थापना गरि फाउन्डेशनले काम शुरु गरेको हो । घोषणा कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका बरिष्ठ उपाध्यक्ष कमलेश अग्रवाल, सिटिजन्स बैंक इन्टरनेशनलका सीईओ गणेशराज पोखरेल लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  १ : ५६ बजे

पूर्वाधार विकासमा फड्को मार्न एकीकृत ‘छाता कानुन’ र ७ प्रतिशतको आर्थिक वृद्धि : मेरो कार्यदिशा

म अर्थमन्त्रीको जिम्मेवारीमा आएको आधा घण्टाभित्रै १५ वटा पुराना ऐनहरू

लोकप्रियताको शिखर चढिरहेकी आरती

काठमाडौं- कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लाबाट मोडलिङ तथा कलाकारितालाई आफ्नो

मतदाता सूची विवादमा कक्रोच आन्दोलन

नयाँदिल्ली– भारतको ‘कक्रोच’ युवा आन्दोलनले विवादास्पद मतदाता सूची संशोधनको विरोध

न्याय सेवा आयोगले गर्‍यो ५२ कर्मचारीको सरुवा तथा पदस्थापन

काठमाडौं– न्याय सेवा आयोगले नेपाल न्याय सेवाका विभिन्न श्रेणीका अधिकृत

जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा