युरोपका ४४ देशमा ‘प्रेमगञ्ज’ « Khabarhub

युरोपका ४४ देशमा ‘प्रेमगञ्ज’


९ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिल्म ‘प्रेमगञ्ज’ युरोपका ४४ देशका विभिन्न शहरमा एकसाथ प्रदर्शन हुने भएको छ । यो फिल्मले सार्वजनिक रूपमै विदेशी फिल्म सरह थिएटरमै प्रदर्शन हुने भएको छ । अन्तराष्ट्रिय कम्पनीले नेपाली भाषाको फिल्म यसरी प्रदर्शन गर्न लागेको यो पहिलोपटक हुनसक्छ । फिल्म ‘प्रेमगञ्ज’ लाई जर्मनीको ‘लोकाह फिल्म इन्टरटेनमेन्ट’ ले युरोप प्रदर्शन गर्दैछ । जुन जर्मनीको प्रतिष्ठित वितरक कम्पनी हो । 

‘अन्तराष्ट्रिय रुपमा यसरी प्रदर्शन गर्ने हाम्रो यो पहिलो प्रयास हो । अहिले हामीले पैसाभन्दा पनि बाटो खोजिरहेका छौँ, यसले गर्दा भविष्यमा निर्माण हुने अन्य नेपाली फिल्मलाई बाटो खुल्नेछ’ निर्देशक परिच्छेद सेनले भने । उनले फिल्मको टिजर विभिन्न देशका विभिन्न कम्पनीहरूलाई देखाइरहेको बताए । सबैले नेपालमा पनि फिल्म ईण्डष्ट्री छ ? भनेर सोध्नु हुन्छ, यसरी सोध्दा भने दुःख लाग्छु निर्देशक सेनले भने’ । उनको अनुसार एप्पल टिभी, गूगल टिभी, हट्स्टार लगायतका एपले फिल्म हेर्न खोजिरहेका छन् ।

छिमेकी मुलुक भारतमा रिलिज पनि ड्रिम्स थिएटर मोशन पिक्चर जस्तो प्रतिष्ठित कम्पनीले वितरण गर्ने तयारी रहेको निर्माण पक्षको दावी छ । फिल्मबाट पैसा कमाउने भन्दापनि आगामी फिल्मका लागि बाटो खोजिरहेको सेनको भनाई छ । फिल्ममा बेनिशा हमाल, तेज गिरीका अलावा सुरक्षा पन्त, सम्पदा बानियाँ, राइडर प्रशान्त, सुप्रिया खनाल, सिमरन खड्का, पवन भट्टराई, नरेश पौडेल, रश्मी भट्ट, गीता अधिकारी, सन्जोग रसाइलीको आदि कलाकारको अभिनय रहेको छ ।

स्पट व्यायका रूपमा लामो समय काम गरेका राजु फुँयालको प्रस्तुति रहेको फिल्म चलचित्र चौतारीको ब्यानरमा बनेको हो । सञ्जय लामाको छायाङ्कन रहेको फिल्म भदौ ३ गते नेपाललगायत अन्तराष्ट्रिय रुपमा एकसाथ प्रदर्शन हुँदैछ ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  २ : १७ बजे

जहिलेसम्म ज्ञानको खाँचो भइरहन्छ पढ्नै पर्छ : साहित्यकार कृष्ण उदाशी

मोरङ– केही समयअघि प्रकाशित ‘पानीको पर्खाल’ कवितासङ्ग्रहका लेखक हुन्– साहित्यकार

पूर्वराजा ज्ञानेन्द्र शाह यसै साता पोखरा जाँदै

काठमाडौँ– पूर्वराजा ज्ञानेन्द्र शाह यसै साता पोखरा भ्रमणमा जाने भएका

मन्त्रीलाई आइफोन दिने चर्चा ‘गलत र कपोलकल्पित’ : सञ्चारमन्त्री तिमिल्सिना

नुवाकोट– सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रत्येक

वर्षाले रोशी खोलाको ‘डाइभर्सन’ बगाएपछि बीपी राजमार्ग अवरुद्ध

काभ्रे– वर्षाका कारण बीपी राजमार्गअन्तर्गत काभ्रेको नमोबुद्धस्थित कटुञ्जेदेखि रोशीको मङ्गलटार

हावाहुरीले पर्खाल भत्किँदा सिरहामा एक महिलाको मृत्यु

सिरहा– सिरहामा शनिबार साँझ आएको हावाहुरीका कारण घरको पर्खाल भत्किँदा