पानीमा डुबेर तीन जनाको मृत्यु « Khabarhub

 पानीमा डुबेर तीन जनाको मृत्यु


९ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  धनुषा र रौतहटमा डुबेर तीन जनाको मृत्यु भएको छ । धनुषाको धनुषाधाम नगरपालिका–९ क्वाटर टोलस्थित सार्वजनिक पोखरीमा डुबेर आइतबार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने शेरू राना मगरकी छोरी १३ वर्षीया कुसुम राना मगर र रस्मित मगरकी छोरी १२ वर्षीया स्वीकृती मगर रहेका छन् ।

पोखरीमा नुहाउने क्रममा डुबेर अशक्त भएका उनीहरूको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

 रौतहटको वृन्दावन नगरपालिका–६ चिक्ना बस्ने शेख मनिरको छोरा ८ वर्षीय शेख जबि उल्लाको आफ्नै घर नजिक नहरमा डुबेर आइतबार मृत्यु भएको छ ।  दुवै घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  २ : २९ बजे

सलमानको ‘मातृभूमि’ले पायो नो अब्जेक्सन सर्टिफिकेट, नोभेम्बर १३ मा रिलिजको तयारी

काठमाडौं– बलिउड अभिनेता सलमान खानका फ्यानले लामो समयदेखि प्रतीक्षा गरिरहेको

कांग्रेस महाधिवेशन : सानाठूला सबै दलले गरे गगनको प्रशंसा

काठमाडौं- नेपाली कांग्रेस १५औँ महाधिवेशनको उद्घाटन सत्रमा सभापति गगन थापाको

अर्थ समाचार : राष्ट्र बैंकले १ रुपैयाँका नयाँ सिक्का ल्याउने, कफीको व्यावसायिक विस्तार र अमेरिकी गाडी उद्योगमा लगानी थपिने

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ? स्वास्थ्य

बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले देश पनि

मौरीपालक किसानका लागि बीमा कम्पनीको सर्तमा समस्या

चितवन– कालिका नगरपालिका-६ निवासी जगबहादुर पुन मौरीको बीमा गर्न तयार