बलिउडलाई दर्शकको अभाव  « Khabarhub

बलिउडलाई दर्शकको अभाव 


९ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउडले अर्को असफलताको सामना गरिरहेको छ । ‘सन्जु’ पश्चात हलमा आएका रनवीर कपूर अभिनीत फिल्म ‘शमशेरा’ फ्लप भएपछि बलिउडका आउँदो फिल्मलाई धक्का लागेको छ । निकै प्रचारप्रसारका साथ रिलिज गरिएको फिल्म भएता पनि त्यसको प्रभास ओपनिङ कलेक्सनमा पर्न सकेन । पहिलो विकेन्डमै फिल्म हेर्न दर्शक हलसम्म पुगेनन् । 

२० करोड भारुभन्दा बढीको ओपनिङ गर्ने अनुमान गरिएको फिल्मले ‘वर्ड अफ माउथ’ पनि राम्रो पाएन । करण मलहोत्राको निर्देशनमा तयार भएको फिल्म ‘शमशेरा‘ मा मनवीरसँगै  वाणी कपुर र सञ्जय दत्तजस्ता ठूला स्टार हुँदा पनि बक्स अफिस चम्कन सकेन । १८ सय इस्वीको भारतलाई कथावस्तुमा बुनिएको छ । यो फिल्मलाई एक्सन, एडभेन्चर र ड्रामा जनरामा राखिएको छ ।

फिल्मले आदिवासीको स्वतन्त्रता र सम्मानका लागि संघर्ष गर्ने पात्रको कथा भन्छ । काजा नामक एक काल्पनिक सहरको शासक सुद सिंहले आदिवासी योद्धालाई समातेर यातना दिन्छ र कैदमा राख्छ । यसविरुद्ध मुख्य पात्रले विद्रोह गर्छ । फिल्ममा रनवीर शमशेरा र बल्ली नामक दुई चरित्रमा प्रस्तुत छन् । सुद सिंह अर्थात् खलपात्रको भूमिकामा सञ्जय दत्त छन् भने वाणी कपुर सोनाको रोलमा ।

‘शमशेरा’ को यो असफलता यशराज फिल्म्सको लागि पहिलो भने होइन । जयशभाइ जोरदार र सम्राट पृथ्वीराजपछि यशराज ब्यानरको लागि यो तेस्रो लगातारको असफलता हो । बलिउडलाई हेर्ने हो भने अट्याक: पार्ट वान, हिरोपन्ती २, रनवे ३४, जर्सी, धाकड, अनेक र जुगजुग जिओसम्म रिलिज भएका ठूला स्टारकास्टको फिल्म ‘फ्लप’ भएका छन्। कार्तिक आर्यनको ‘भुलभुलैया २’ बाहेक अन्य फिल्म हेर्न दर्शक हलसम्म पुगेका छैनन् । 

केही बलिउडका व्यापार विश्लेषक र समीक्षकले ओटीटीमा आउने वेब सिरिज र फिल्मको तुलनामा मल्टिस्टारर फिल्म कन्टेनमा कम्जोर हुनुको कारण र केही समय पश्चात फिल्म ओटीटीमा उपलब्ध हुनुको कारण दर्शक हलसम्म पुग्न छाडेको अनुमान गरेका छन् । किनकी पछिल्लो समय हलमा रिलिज भएको चार देखि आठ साता भित्र फिल्म ओटीटीमा उपलब्ध हुन् थालेको छ । 

कोरोना भाइरसको महामारी पश्चात दर्शक हलसम्म पुग्न कम जाँगर देखाई रहेका छन् ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ४ : ३६ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका