‘लगानी अनुसार मूल्य नपाउँदा मन खिन्न हुन्छ’ « Khabarhub

‘लगानी अनुसार मूल्य नपाउँदा मन खिन्न हुन्छ’


९ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु– छायानाथ रारा नगरपालिका–३ की रामदेवी बूढा हरेक दिन साँझबिहान मुगु सदरमुकाम गमगढी बजारमा हरिया सागसब्जी र ताजा तरकारी बेच्न आइपुग्छिन् । आफैले उत्पादन गरेको रैथाने र अर्गानिक तरकारी उनी हिउँद बर्खा सधैँभरि यसरी नै बेच्छिन् । बिहान साँझ तरकारी बेच्न बजार आए पनि दिउँसोभर खेतिपातीमै हुन्छिन् । 

अन्य परम्परागत खेतीभन्दा तरकारीमा आम्दानी राम्रो देखेर उनी बिस्तारै यतातिर आकर्षित भएकी हुन् । रैथाने तरकारी जोगाउन र अर्गानिक खेतीमा जोड दिए पनि बजारमा भने यस्ता उत्पादनको मूल्य नपाउँदा उनी दिक्क मान्छिन् । उनी भन्छिन्, ‘लगानी अनुसार मूल्य नपाउँदा मन खिन्न हुन्छ ।’ 

उनका अनुसार तरकारी खेतीमा कहिल्यै पनि रासायनिक मल हाल्ने गरेको छैन । उनी भन्छिन्, ‘आफ्नै खेतबारी बिगार्ने रासायनिक मल किन हाल्नु र ? हामी त सधैँ प्राङ्गगारिक मल प्रयोग गर्छौ । तर मिहिनेत धेरै उत्पादन कम हुन्छ । बजारले यो त देख्दैन ।’ रामदेवीका अनुसार मुगुमा अर्गानिक र रैथाने तरकारीको मूल्य नै छैन । यहाँका सर्वसाधारणले स्थानीय तरकारी फलफूल छाडेर आयातित तरकारी र फलफूललाई चर्को मूल्य तिर्ने गरेको उनी बताउँछिन् । 

मुगुलाई कर्णाली प्रदेशको अन्नबालीको भण्डार भनिन्छ । यहाँ उत्पादित रैथाने र अर्गानिक बाली निकै नै स्वस्थकर र स्वादिलो हुने प्रदेशभर विश्वास छ । परापूर्वकालदेखि नै यहाँका किसानले रैथाने अन्नबाली लगाउने र जोगाउँदै आएका छन् । तर, आफैले जोगाएर ल्याएको उत्पादन हेपिएकामा किसानहरू चिन्ता व्यक्त गर्छन ।

छायानाथ रारा नगरपालिका–३ कि कुसुमदेवी कार्की पनि रामदेवी जस्तै खेतीकिसानी गर्छिन् । उनको पनि रामदेवीको जस्तै प्रश्न छ– मुगुका अर्गानिक उत्पादनले किन मूल्य पाउँदैनन् ? उनका अनुसार अब स्थानीय सरकारहरूले किसानको उत्पादन बिक्री र व्यवस्थापनमा जोड दिनुपर्छ । छायानाथ रारा नगरपालिकाले तरकारीलाई बजारीकरण र उचित व्यवस्थापनमा सघाउनु पर्छ ।

पालिकाले नै हाटबजार सञ्चालन गरेर कृषक र ग्राहकहरूलाई सहज बनाउन उनले माग गरिन् । मुगुका उत्पादनहरू विशेषगरि खुर्सानी, गोलभेँडा, प्याज, आलुलगायत तरकारी बिक्री नभएर कुहिने गरेका छन् । बिक्री नभएका कारण सदरमुकाम आएका किसानले त्यसै फाल्ने समेत गरेको बताए । छायानाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णुकुमार भाम मुगुमा हाटबजार सञ्चालनको तयारी भइरहेको बताउँछन् । 

प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले पनि राजनीतिक दल र सम्बन्धित कार्यालयहरूसँग हाटबजार स्थापनाका लागि पहल, समन्वय, सहकार्य गर्न जोड दिएको बताए ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ४ : ४० बजे

नेपाली क्रिकेटका ९ स्टारसँग एक्सट्रीमको ‘पावरफुल’ साझेदारी

काठमाडौं- नेपाली क्रिकेटको विकास, खेलाडीको प्रोत्साहन तथा युवा पुस्तामाझ खेलकुदप्रतिको

सलमानको ‘मातृभूमि’ले पायो नो अब्जेक्सन सर्टिफिकेट, नोभेम्बर १३ मा रिलिजको तयारी

काठमाडौं– बलिउड अभिनेता सलमान खानका फ्यानले लामो समयदेखि प्रतीक्षा गरिरहेको

कांग्रेस महाधिवेशन : सानाठूला सबै दलले गरे गगनको प्रशंसा

काठमाडौं- नेपाली कांग्रेस १५औँ महाधिवेशनको उद्घाटन सत्रमा सभापति गगन थापाको

अर्थ समाचार : राष्ट्र बैंकले १ रुपैयाँका नयाँ सिक्का ल्याउने, कफीको व्यावसायिक विस्तार र अमेरिकी गाडी उद्योगमा लगानी थपिने

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ? स्वास्थ्य

बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले देश पनि