स्कटल्याण्ड क्रिकेटमा ४४८ रंगभेदका घटना « Khabarhub

स्कटल्याण्ड क्रिकेटमा ४४८ रंगभेदका घटना

रंगभेदका घटनामा कार्यसमितिका पदाधिकारी नै सलंग्न


९ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : स्कटल्याण्डको क्रिकेट टिममा सयौँ रंगभेदका घटना घटेको नयाँ तथ्य बाहिर आएको छ । आधिकारिक रुपमा क्रिकेट स्टकल्याण्डको टिममा गरिएको अध्ययनका क्रममा ४४८ रंगभेद र विभेदका घटना भएको तथ्य बाहिर आएको हो ।

पछिल्लो समय यसबारे खेलाडी, क्रिकेट बोर्डका अधिकारी र सार्वजनिक रुपमै यसको आलोचना बढेपछि स्पोर्ट स्कटल्याण्डले एक छानबिन समिति बनाएको थियो । ‘प्लान फर स्पोर्ट’ नामक निकायले गरेको अध्ययनका क्रममा यस्तो पाइएको हो । उसले झण्डै एक वर्ष अध्ययन गरेर सोमबार बुझाएको प्रतिवेदनमा स्कटल्याण्डको क्रिकेटमा संस्थागत रुपमा रंगभेद भएको पाइएको हो ।

अध्ययन तथा छानबिन प्रतिवेदनमा स्कटल्याण्ड क्रिकेट टिममा रंगभेद सम्बन्धीका ४४८ घटना घटेका छन् । जुन आफैमा डरलाग्दो तथ्य हो । छानबिनमा गरिएको अध्ययनमा क्रममा कुल ६२ प्रतिशत सहभागीले स्कटल्याण्ड क्रिकेटमा जातिवादी, रंगभेदी भेदभाव वा असमानता देखेको, भोगेको वा यसबारे आफू जानकार रहेको बताएका छन् ।

प्लान फर स्पोर्टको सार्वजनिक रिपोर्टअनुसार क्रिकेट स्कटल्याण्डको कार्यसमितिदेखि प्रशिक्षणसम्म रंगभेद हुने गरेको र पहुँचवालाहरुले त्यसलाई आफुअनुकल चलाउने गरेको उल्लेख छ ।

गत वर्ष क्रिकेट टिमभित्र रंगभेदको घटना बाहिर आउन थालेपछि स्पोर्ट स्टकल्याण्डले छानबिन समिति गठन गरेको थियो । छानबिन समितिको प्रतिवेदन सार्वजनिक हुनुअगाडि नै क्रिकेट स्कल्याण्ड कार्यसमितिका पदाधिकारीसहित सबै सदस्यले संयुक्त रुपमा राजीनामा दिएका थिए ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ६ : ३० बजे

एसपीलाई स्पष्टीकरण सोधेर आफैं उद्योगी-व्यापारी फकाउन खटिए डीआईजी खनाल

विराटनगर- विराटनगरका उद्योगी तथा व्यवसायीको घर र कार्यालयमा ठूलो संख्यामा

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

कम्पाला– युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक

रास्वपा सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्रीले के भने ?

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने रास्वपा

एनसेल सञ्चालक आचार्य व्यवस्थापनमा बलियो

काठमाडौं– लामो समयदेखि एनसेल विभिन्न विवादमा तानिँदै आएको छ ।

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

काठमाडौं– नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’