दिल्लीमा डा. आरजु देउवाको पाठेघरको शल्यक्रिया सम्पन्न « Khabarhub

दिल्लीमा डा. आरजु देउवाको पाठेघरको शल्यक्रिया सम्पन्न


९ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.आरजु राणा देउवाको शल्यक्रिया सम्पन्न भएको छ । आरजुको भारतको नयाँदिल्लीस्थित म्याक्स अस्पतालमा पाठेघरको शल्यक्रिया भएको हो।

सामाजिक सञ्जाल फेसबुकमा सन्देश लेख्दै देउवाले आफ्नो शल्यक्रिया सफल भएको बताएकी हुन्।

उनले आफ्नो सफल शल्यक्रिया र उपचारका लागि प्रा.डा. हरित चतुर्वेदी र डाक्टर कन्किता बत्रा मोदीलाई धन्यबाद दिएकी छन्। दिल्लीको म्याक्स अस्पतालमा प्रा. डा हरित चतुर्वेदी नेतृत्वको टीमले देउवाको उपचार गरेको थियो ।

उपचारको शिलशिलामा आरजु दिल्ली गएको भए पनि राजनीतिक भागबण्डा मिलाउन गएको भनेर आलोचना भएको थियो । आरजु दिल्लीमै रहेको समयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दिल्ली गएका थिए ।

स्वदेश फर्केपछि प्रचण्डले आरजु उपचारकै लागि दिल्ली गएको र आफूहरूको भेट संयोग भएको बताएका थिए ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ७ : ११ बजे

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै

ब्राजिलमा लुला र बोल्सोनारोबीच प्रतिस्पर्धा हुने राष्ट्रपतीय चुनावका लागि मतदान

काठमाडौं – ब्राजिलका जनता आइतबार राष्ट्रपति चयनका लागि भएको चुनावमा

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशनमा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति