रश्मिकासँग टाइगरको जोडी  « Khabarhub

रश्मिकासँग टाइगरको जोडी 


९ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउडमा एक्सन र डान्सका कारण दर्शकको प्रिय बनेका अभिनेता टाइगर श्राफले साउथ सुन्दरी एक्ट्रेस रश्मिका मन्दनासँग स्क्रीन सेयर गर्ने भएका छन् । उनीहरूलाई लिएर धर्मा प्रोडक्सनका लागि निर्माता करण जोहरले फिल्म निर्माण गर्दैछन् । आउँदो अक्टोबरदेखि छायांकन हुने फिल्म ‘स्क्रु ढिला’ लाई निर्देशक शशाङ्क खेतानले निर्देशन गर्दैछन् । फिल्ममा टाइगरले अभिनय गर्ने चरित्रको विशेषताबाट फिल्मको शीर्षक राखिएको हो ।

फिल्म मसालेदार मात्र नभई कथावस्तु नै बलियो हुने फिल्मका एक सदस्यले बलिउड हंगामालाई बताए । युरोपदेखि छायांकन सुरु हुने फिल्मलाई भारतमा समेत खिचिने भएको छ । सन् २०२३ को मध्यमा फिल्म प्रदर्शन तयारी छ । टाइगर र रश्मिकाले एकसाथ फिल्म गर्ने खबरले उनीहरूको फ्यान उत्साहित छन् । फिल्मको औपचारिक रुपमा नै एक भिडियो मार्फत घोषणा गरिएको छ।  यद्यपि रिलिज डेट र रश्मिकालाई मेन्सन गरिएको छैन। फिल्मको सार्वजनिक भिडियोमा टाइगरको दुई अवतारलाई देख्न सकिन्छ।

सोझो हुँदै आफ्नो प्रेमिकालाई भिलेनले यातना दिएपछि चढ्ने सनकले निम्त्याउने द्वन्द्वलाई फिल्मको घोषणा टिजरमा देखाइएको छ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ६ : ४८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै