यसकारण गरिदैछ ‘अक्वामेन २’ बहिष्कारको माग « Khabarhub

यसकारण गरिदैछ ‘अक्वामेन २’ बहिष्कारको माग


९ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हलिउड फिल्म  ‘पायरेट्स अफ द क्यारेबियन’ स्टार जोनी डेप र उनकी पूर्व पत्नी एम्बर हर्डबीच चलिरहेको हाई प्रोफाइल मुद्दाबारे जोकोही जानकार छन् । यी दुवै स्टार अहिले पनि मानहानी मुद्दामा अदालत आउजाउ गरिरहेका छन् । कहिले एम्बर त कहिले जोनी अदालतमा आफ्नो मुद्दामा सुनाइएको फैसलालाई चुनौती दिँदै आइरहेका छन् ।

मानहानी मुद्दाको फैसला भएको एक महिना बितिसकेको छ । दुवै पक्षको मुद्दामा अदालतले जरिवाना तिर्न भनिसकेको छ । यो मुद्दाको फैसला जोनीको पक्षमा सुनाइएको थियो । अहिले अभिनेत्री एम्बरका लागि अर्को दुःखको खबर बाहिर आएको छ । सामाजिक सञ्जालमा उनको बहुप्रतिक्षित फिल्म ‘अक्वामेन २’ लाई बहिष्कार गर्न माग उठिरहेको छ ।

अदालतमा मुद्दा चलिरहँदा सामाजिक सञ्जालमा फिल्मले एम्बरलाई निकालेको चर्चा चलेको थियो । तर, केही दिनअघि मात्र एम्बरले यो चर्चामा बिराम लगाएकी छन् । ‘यस्तो हल्ला पहिलादेखि नै आइरहेको छ । जुन गलत, संवेदनशील र अनौठो छ । एम्बरको एक दृश्य फिल्मबाट अवश्य नै हटाइएको छ, तर यसको अर्थ यो होइन कि उनलाई फिल्मबाट निकालियो’, एम्बरका प्रवक्ताले भनेका छन् । प्रवक्ताको भनाइले पनि एम्बर अझै पनि फिल्मको हिस्सा भएको प्रष्ट भएको छ । त्यहीकारण फिल्मलाई बहिष्कारको माग चलेको हो ।

जोनीलाई घरेलु शोषणको आरोप लागेपछि उनलाई कयौं चर्चित फिल्मबाट निकालिएको थियो । त्यहीकारण उनी अहिले कुनै प्रोजेक्टको हिस्सामा छैनन् । जोनी कुनै पनि फिल्ममा नजोडिनु र एम्बर ‘एक्वामेन २’ मा जोडिनुले जोनीका फ्यान रिसाएका छन् । जसकारण उनीहरूले फिल्म बहिष्कारको आवाज उठाइरहेका छन् । फ्यानहरूले डीसी सुपर हीरो यूनिभर्सको फिल्म ‘अक्वामेन २’ को तीव्र प्रतीक्षा गरिरहेका छन् । तर, एम्बरका कारण फिल्मले सामाजिक सञ्जालमा नकारात्मक टिप्पणीको सामना गरिरहेको छ ।

फिल्मको पहिलो संस्करण सन् २०१८ मा रिलिज भएको थियो । फिल्ममा जेसन मोमोआ, एम्बर हर्ड, निकोल किडमेनजस्ता कलाकारको अभिनय थियो । यही फिल्मबाट एम्बरले लोकप्रियता कमाएकी थिइन् ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ७ : ०३ बजे

कांग्रेसले आजदेखि निर्वाचन क्षेत्रको समीक्षात्मक कार्यक्रम सुरु गर्दै

काठमाडौँ– नेपाली कांग्रेसले आजदेखि प्रतिनिधिसभाका १६५ वटै निर्वाचन क्षेत्रको समीक्षात्मक

आज सिँचाइ दिवस मनाइँदै, अझै कृषि योग्य जमिनमा सुविधा पुर्‍याउन चुनौती

काठमाडौँ– सिँचाइ दिवस तथा जलस्रोत तथा सिँचाइ विभागको स्थापना दिवस

नेपालमा विदेशी फिल्मको रजगज, व्यापार र संख्या दुवैमा एकलौटी

काठमाडौँ– २०८२ सालमा नेपाली हलहरूमा स्वदेशीभन्दा विदेशी फिल्म बढी प्रदर्शनमा

अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्‍यो १० बुँदे प्रस्ताव

काठमाडौँ – अमेरिका र इरानबीच पाकिस्तानको राजधानी इस्लामावादमा औपचारिक वार्ता

बजार अनुगमनमा तीन फर्मलाई जरिवाना

काठमाडौँ– नियमित रुपमा बजारको अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य,