‘आगामी चुनावसम्म गठबन्धन कायमै रहन्छ’ « Khabarhub

‘आगामी चुनावसम्म गठबन्धन कायमै रहन्छ’


९ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आगामी प्रतिनिधिसभा निर्वाचनसम्म नै वर्तमान सत्ता गठबन्धन कायमै रहने बताएका छन ।

४४ औँ पुष्पलाल स्मृति दिवसका सन्दर्भमा पुष्पलाल स्मृति प्रतिष्ठान कास्कीले आज पोखरामा आयोजना गरेको विचार गोष्ठीमा उनले प्रतिगमन रोक्न, संविधान र सङ्घीयता जोगाउन पाँचदलीय गठबन्धन बनाएर चुनावमा जानुपरेको बताए ।

अध्यक्ष नेपालले निर्वाचनमा दलबीच सिटको बाँडफाँड भने सम्मानजनक हुनुपर्नेमा जोड दिए । उनले भने, ‘अहिलेको गठबन्धन टुट्ने वाला छैन, आउने चुनावसम्म कायमै रहन्छ, तर निर्वाचनमा जम्मै सिट जति आफू लिउँला, उर्घिएको मात्र दिउँला भनेर कुनै पार्टी विशेषले सोच्छ भने हामी टुलुटुलु हेर्ने वाला छैनौँ, आफ्नो शक्तिमा भरोसा गरेर अघि बढ्नेछौँ ।’   

कम्युनिष्ट आन्दोलनलाई सशक्त बनाउँदै राष्ट्रियता, लोकतन्त्र, सामाजिक न्याय, समानता र जनजिविकाको झण्डालाई बुलन्द पार्न पुष्पलालका अनुयायीले उनीबाट प्रेरणा प्राप्त गर्दै अघि बढ्न सक्नुपर्नेमा उहाँको जोड छ । पुष्पलालले अवलम्बन गरेको  बाटोमा कहिल्यै पनि खोट नभएको बताउँदै अध्यक्ष नेपालले उनकै विचारबाट निर्देशित कम्युनिष्ट पार्टीले जनतामा प्रभाव जमाउन, जनताको विश्वास जित्न सफल भएको र कम्युनिष्ट जनमत नेपालमा बलियो बनेको उल्लेख गरे ।

कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय उपाध्यक्ष केशवलाल श्रेष्ठ, नेकपा (माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य हरिबहादुर चुमान, अधिवक्ता तिलक पराजुली लगायतले नेपाली राजनीतिलाई उलटपुलट गर्ने पुष्पलालका विचारलाई परिवर्तनका अभियन्ताले आत्मसात गर्नुपर्ने र योगदान कहिल्यै बिर्सन नहुनेमा जोड दिएका थिए ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ८ : ०३ बजे

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै

ब्राजिलमा लुला र बोल्सोनारोबीच प्रतिस्पर्धा हुने राष्ट्रपतीय चुनावका लागि मतदान

काठमाडौं – ब्राजिलका जनता आइतबार राष्ट्रपति चयनका लागि भएको चुनावमा

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशनमा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति