कर्णाली प्रदेशसभाबाट दुई विधेयक सर्वसम्मतिले पारित « Khabarhub

कर्णाली प्रदेशसभाबाट दुई विधेयक सर्वसम्मतिले पारित


९ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली प्रदेशसभाको बैठकमा दुईवटा विधेयक सर्वसम्मतिले पारित भएको छ । प्रदेशसभाको आज बसेको बैठकले ‘मुख्यन्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका सर्तसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ र ‘प्रदेश लोक सेवा आयोगका पदाधिकारीहरुको पारिश्रमिक, सेवाका सर्त र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित गरेको हो ।

सभामुख राजबहादुर शाहीले प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीलाई दुईवटै विधेयक समग्रमा पारितका लागि सभामा प्रस्ताव पेस गर्न अनुमति दिएसँगै बैठकले विधेयक पारित गरेको थियो । उक्त बैठकमा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले शहीद स्मृति भत्ता र घाइते तथा अपाङ्गता भएका व्यक्तिहरुको जीवन निर्वाह भत्ता दिने गरी काम अगाडि बढाएको बताए ।

त्यसैगरी, नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलका नेता महेन्द्रबहादुर शाही र नेकपा एमाले कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलले बैठकमा आफ्ना धारणा राखे । सभाको अर्को बैठक यही साउन १६ गते दिउँसो ३ बजे बस्ने जानकारी सभामुख शाहीले दिएका छन् ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ९ : ५४ बजे

बुटवल मण्डपमा तस्बिर प्रदर्शनी : इतिहासलाई बुझ्ने अवसर

लुम्बिनी– नेपाल पत्रकार महासङ्घ रूपन्देहीले बुटवलमा आयोजना गरेको तस्बिर प्रदर्शनी

निर्वाचनबाट कांग्रेस भाग्दैन : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस निर्वाचनबाट नभाग्ने

वित्तीय सुशासनका लागि अनिवार्य विद्युतीय भुक्तानी : अर्थमन्त्री खनाल

पाटन– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले वित्तीय सुशासन कायम गर्नका लागि सरकारले

ससुरा अर्जुननरसिंहबारे गगनको स्पष्टीकरण : मेरो दबाबले समानुपातिक सूचीमा राखिएको होइन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी नेता अर्जुननरसिंह केसीलाई