तलब नपाएको विरोध गर्ने ६० आप्रवासी देश निकाला | Khabarhub Khabarhub

तलब नपाएको विरोध गर्ने ६० आप्रवासी देश निकाला



दोहा – कतारमा कम्पनीले तलब नदिएको भन्दै विरोध गर्ने ६० आप्रवासी कामदारलाई देश निकाला गरिएको छ ।

६ महिनाको तलब नपाएको विरोधमा सडकमा उत्रिएका ६० जना कामदारलाई पक्राउ गरी देश निकाला गरिएको कतारको आप्रवासी अधिकारले जनाएको छ । सुरक्षा कानुन तोडेर आन्दोलन र र्‍याली गरेको भन्दै कतारले नेपालसहित भारत, बङ्गलादेश, इजिप्ट र फिलिपिन्सका श्रमिकलाई देश निकाला गरेको हो।

सार्वजनिक सुरक्षा कानुन उल्लङ्घन गरेको आरोपमा धेरै प्रदर्शनकारीहरूलाई पक्राउ गरिएको थियो। ‘अहिले अनुसन्धान चलिरहेकोले व्यक्तिगत विवरण खुलाउन सकिँदैन’, कतारी सरकारी अधिकारीले दोहा न्युजलाई पठाएको विज्ञप्तिमा भनेको छ ।

कतारको राजधानीको अल साद जिल्लामा गत हप्ता दर्जनौँ श्रमिकहरू आफ्नो रोजगारदाता कम्पनी अल बन्दरी इन्जिनियरिङसँग भुक्तानीको माग गर्दै भेला भएर प्रदर्शन गरेका थिए। कामदारहरूले कम्पनीको दोहास्थित कार्यालयसामु अगस्ट १४ मा र्‍याली र विरोध प्रदर्शन गरेका थिए।

गत महिनाको अल बन्दरी इन्जिनियरिङ, ट्रेडिङ र कन्ट्र्याक्टिङका ​​कर्मचारीहरूले सात महिनाभन्दा बढी समयदेखि तलब नपाएको बताएका थिए। २०८ भन्दा बढी श्रमिकले श्रम मन्त्रालयमा उजुरी दिएको बताएका थिए ।

गत मार्च महिनामा पनि बिन ओम्रान ट्रेडिङ एन्ड कन्ट्र्याक्टिङ कम्पनीले आफूहरूले काम गरेको ४ महिनासम्म पनि पारिश्रमिक नपाएको भन्दै नेपाली लगायत अन्य देशका गरी ४ हजार भन्दा बढी श्रमिकहरुले सडकमा कम्पनीविरुद्ध प्रदर्शन गरेका थिए ।

कतारको २०१५ कानुनमा कतारले सरकारको ज्याला संरक्षण प्रणाली (डब्लु पीएस ) को परिचय दिएको छ। जस अन्तर्गत कम्पनीहरूले प्रत्येक महिनाको सातौँ दिनमा प्रत्यक्ष बैङ्कमार्फत कामदारहरूले भुक्तानी प्राप्त गर्ने सुनिश्चित गरेको छ ।

कानुन अनुसार सबै निजी क्षेत्रका श्रमिकहरूका साथै घरेलु कामदारहरूले प्रति महिना १ हजार रियाल पाउने व्यवस्था गरेको थियो । त्यस्तै खानाका लागि प्रतिमहिना थप ३ सय र आवासका लागि ५ सय रियाल दिनुपर्ने व्यवस्था गरिएको छ।

खाना र आवाससहित श्रमिकले न्यूनतम १ हजार ८ सय रियाल पाउने व्यवस्था छ । यो पारिश्रमिक गत वर्षको मार्चदेखि नै कार्यान्वयनमा आए पनि अहिलेसम्म धेरै कम्पनीहरूले लागू नगरेको बताइएको छ ।

अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था एमनेस्टी इन्टरनेशनलले कतारमा कामदारहरूमाथि निरन्तर रूपमा गलत व्यवहार जारी राखिएको जनाउँदै आएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहीबार  ७ : ५२ बजे

साफ यु–१७ च्याम्पियनसिप : नेपालको विजयी सुरुवात

काठमाडौं – नेपालले साफ यु–१७ च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ।

‘हामी नेपाल’ले भन्योः कुनै राजनीतिक दलसँग संलग्न छैनौं

काठमाडौं – मानवसेवामा समर्पित संस्था ‘हामी नेपाल’ ले हालै सम्पन्न

आपूर्ति मन्त्रालयले भन्यो : उपभोग्य वस्तुको आपूर्ति सहज छ, अनावश्यक सञ्चित नगर्नू

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक अत्यावश्यक उपभोग्य

प्रधानमन्त्री नपाएपछि खानेपानी र श्रम मन्त्री अस्वीकार गरेको हर्कको दाबी

काठमाडौं – जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारले धरान उपमहानगरपालिकाका मेयर

लुटिएका सामग्री फिर्ता गर्न गण्डकी प्रदेशसभा सचिवालयको आग्रह

गण्डकी – ‘जेनजी’ आन्दोलनका क्रममा गण्डकी प्रदेशसभा सचिवालय, सभामुख तथा