गोकुल बास्कोटाको प्रश्न- राष्ट्रपतिको राजीनामा परमादेशीले चाहेको हो ? « Khabarhub

गोकुल बास्कोटाको प्रश्न- राष्ट्रपतिको राजीनामा परमादेशीले चाहेको हो ?


९ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बास्कोटाले सत्तारुढ गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीले राजीनामा दिने हल्ला फैलाएको आरोप लगाएका छन् ।

विभिन्न मिडियामा कांग्रेसका नेतालाई उद्धृत गर्दै राष्ट्रपति भण्डारीले नागरिकता विधेयकलाई लिएर राजीनामा दिने मनस्थिति बनाएको भन्ने समाचार आएपछि बास्कोटाले सामाजिक सञ्जाल मार्फत उक्त प्रतिक्रिया दिएका हुन् ।

‘राष्ट्रपतिको राजीनामाको होहल्ला परमादेशीले चाहेको कि दिए कति सजिलो हुन्थ्यो भन्ठानेको ?,’ बास्कोटाले आज ट्वीटरमा लेखेका छन्, ‘नागरिकता हाम्रा नागरिकको नैसर्गिक हक हो, फुटपाथमा बेच्न राखेको ललीपप होइन ।’

उनले नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रियसभामा सहमति गर्न सकिने समेत बताएका छन् ।

‘सत्तापक्ष राष्ट्रियसभाबाट सही सहमतिमा पुग्न तयार भए भैगो नि ! संसारका राष्ट्रपति देशहीतका लागि लडेको इतिहास छ, भागेको छैन,’ उनले लेखेका छन् ।

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहीबार  ९ : ४५ बजे

गैरीगाउँको सुकुमबासी बस्ती हटाइयो

काठमाडौं – काठमाडौंमहानगरपालिका–९ स्थित गैरीगाउँको सुकुमबासी बस्ती हटाइएको छ । सरकारी

अमेरिकासँगको दोस्रो चरणको शान्ति वार्ताका लागि इरानी प्रतिनिधि इस्लामावादमा

इस्लामाबाद– मध्यपूर्वमा जारी तनाव अन्त्य गर्ने प्रयासस्वरूप अमेरिकासँग दोस्रो चरणको शान्ति

बस्ती छाड्दै मनोहराका सुकुमबासी

भक्तपुर– भक्तपुरको मनोहरास्थित सुकुमबासी बस्तीका बासिन्दा बस्ती खाली गर्न थालेका

गाजा संकट गहिरिँदै : मृतक सङ्ख्या बढ्दो

एजेन्सी– गाजा क्षेत्रमा शुक्रबार इजरायली आक्रमणका क्रममा कम्तीमा १० जना

दाङमा सवारी दुर्घटनाको अवस्था : चार वर्षमा तीन सय बढीको मृत्यु

दाङ– गत चैत ५ गते बेलुका ७ः०० बजे तुलसीपुर उपमहानगरपालिका-९