अनधिकृत संरचना हटाउन बालेन नयाँबानेश्वर र शंखमूलमा  « Khabarhub

अनधिकृत संरचना हटाउन बालेन नयाँबानेश्वर र शंखमूलमा 


९ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)सहितको टोली बिहीबार नयाँ बानेश्वर र शंखमुल क्षेत्रमा रहेका अनधिकृत संरचना हटाउन पुगेको छ ।

महानगरीय प्रहरी महाशाखा प्रमुख डीआईजी मीरा चौधरीसहित सुरक्षाकर्मी लिएर पुगेको महानगर टोलीले सो क्षेत्रमा बनेका अनधिकृत संरचनाको अवलोकन गरेको हो ।

शंखमूल बर्गर हाउसको अण्डरग्राउण्डको अवलोकन गरेको महानगरको टोलीसँग घरधनी र बर्गर हाउस सञ्चालकले आइतबारसम्म भूमिगत पार्किङ खाली गराउने प्रतिबद्धता जनाएका छन् ।

महानगरको टोलीले  बिहीबार सो क्षेत्रमा अन्डरग्राउन्ड पार्किङ गर्ने स्थानमा व्यवसायका लागि भाडामा दिएपछि सो स्थान खाली गराउन निर्देशन दिएको छ ।

नयाँबानेश्वर क्षेत्रमा पनि महानगर टोलीले बिहीबार अनुगमन गरेको छ । गत सोमबार नयाँ बानेश्वरमै अन्डरग्राउन्डमा रहेका पसल हटाएको र अनधिकृत संरचना भत्काएको महानगरले बुधबार सुन्धारास्थित काठमाडौँ मल, न्यूरोडको आरबी कम्प्लेक्समा बनाइएको अनधिकृत संरचना भत्काएको थियो ।

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहीबार  १२ : २४ बजे

रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल

गुल्मी– जिल्लाको प्रमुख पर्यटकीय स्थल रेसुङ्गाको गर्जुरामा साहसिक पर्यटन प्रवर्द्धनका

पोखरा आइपुग्यो डोल्पाका भेडाच्याङ्ग्रा

पोखरा–  दसैँ नजिकिँदै गर्दा हिमाली जिल्ला डोल्पाबाट भेडाच्याङ्ग्रा पोखरा आइपुगेको छ

सुनसरीबाट २५ क्विन्टल बढी गाँजासहित दुईजना पक्राउ

सुनसरी– प्रहरीले इनरुवाबाट दुई हजार ५६६ किलो गाँजासहित दुई जनालाई पक्राउ

समुदायमा सचेतना जगाउँदै बाजुरा प्रहरी प्रशासन : घटनाअघि नै रोकथामको प्रयास

बाजुरा– बाजुरामा प्रहरी प्रशासनले पछिल्लो समय समुदाय केन्द्रित सचेतनामूलक कार्यक्रमलाई

बन्दसत्रका एजेन्डा तय गर्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको बैठक सुरू