रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल « Khabarhub

रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल


१९ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी– जिल्लाको प्रमुख पर्यटकीय स्थल रेसुङ्गाको गर्जुरामा साहसिक पर्यटन प्रवर्द्धनका लागि निर्माण गरिएको जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल भएको छ । परीक्षण सफल भएसँगै उक्त साहसिक पर्यटन पूर्वाधार सञ्चालनको तयारी पूरा भएको रेसुङ्गा नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको आयोजनामा निर्माण गरिएको उक्त पूर्वाधारमा ५६८ मिटर लामो जिपलाइन र ११० मिटर लामो स्काई साइक्लिङ निर्माण गरिएको छ । आज बिहानसम्म गरिएको परीक्षणका क्रममा करिब ४० जनाले जिपलाइन र स्काई साइक्लिङको प्रत्यक्ष अनुभव लिएका छन् ।

परीक्षणमा सहभागी लक्ष्मी खनालले जिपलाइनमार्फत यात्रा गर्दा सहज र मनोरम दृश्यसँगै रामाइला अनुभव भएको बताइन् । उनले ५६८ मिटर लामो जिपलाइन पार गर्न करिब ५८ सेकेन्ड लागेको बताइन् । 

परीक्षणमा सहभागी प्रकाश भलामीले केही ढिला भए पनि पूर्वाधार सञ्चालनमा आएकाले खुसी व्यक्त गरिन् । पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राखेर जिपलाइन र स्काई साइक्लिङ सञ्चालनमा ल्याइएको रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले बताए । उनले साहसिक पर्यटन पूर्वाधार सञ्चालन भएसँगै रेसुङ्गामा पर्यटकको आगमन थप बढ्ने बताए ।

रेसुङ्गा नगरपालिकाका प्रशासकीय अधिकृत विनोद मरासिनीले आगामी एक साताभित्र नियमित सेवा सञ्चालन गरिने जानकारी दिएका छन् । 

हाललाई नगरपालिकाले नै जिपलाइन र स्काई साइक्लिङको व्यवस्थापन तथा संयोजन गर्ने उनले बताए । नगरपालिकाले जिपलाइनका लागि ६०० र स्काई साइक्लिङका लागि रु ४०० शुल्क निर्धारण गरेको छ ।

समुद्री सतहबाट दुई हजार ३०० उचाइमा रहेको रेसुङ्गाबाट माछापुच्छ्रे्, धौलागिरिलगायत दर्जनौँ हिमशृङ्खला तथा मनोरम प्राकृतिक दृश्यको अवलोकन गर्न सकिन्छ । रेसुङ्गा पार्कदेखि केही माथि पुगेपछि ऐतिहासिक तथा धार्मिकस्थल रेसुङ्गा यज्ञशाला, महापोखरी, सिद्धस्थान, रामकुवा, विष्णुपादुका र साउनेलगायत काठमाडौँमा सहजै पुग्न सकिन्छ ।

खनाल इन्फ्रा प्रालि, रेसुङ्गा–९ गुल्मीद्वारा एक करोड २५ लाख रुपैयाँको लागत सम्झौतामा निर्माण सुरु गरिएको उक्त योजना विभिन्न समस्याका कारण लामो समयदेखि अलपत्र परेको थियो । 

जसका कारण निर्माण कार्य सम्पन्न भएपछि परीक्षण हुन बाँकी रहेका कारण भुक्तानी रोकिएको थियो । पछिल्लो समय गुल्मीमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दै गएको अवस्थामा थपिएको यस प्रकारको साहसिक पर्यटन पूर्वाधारले जिल्लाको पर्यटन विकासमा नयाँ फड्को मार्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार  ११ : ३० बजे

पर्यटक शुल्कबाट ‘एक्याप’लाई वर्षमा पौने ६८ करोड आम्दानी

गण्डकी– अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले गत आव २०८२/०८३ मा

बर्दिया–२ मा महाधिवेशन प्रतिनिधि चयन हुँदै, सभापतिका आकांक्षी राठोर पनि प्रतिस्पर्धामा

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बर्दिया क्षेत्र नम्बर २ मा महाधिवेशन

लक्षित बैतडीमा १३ स्थानमा यात्रु सहायता कक्ष

बैतडी– चाडपर्वका बेला यात्रुलाई सहज, सुरक्षित र व्यवस्थित रुपमा गन्तव्यमा

महिला महामन्त्री थप्नुपर्नेमा धेरै नेताको अडान

काठमाडौं– नेपाली कांग्रेसको विधानमा अहिले दुईजना महामन्त्री बन्ने अवस्था तोकिएको

परराष्ट्रमन्त्री खनाल ‘प्रि-कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल जलवायु परिवर्तनसम्बन्धी ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी