ट्युनल्याण्ड एसजिको नयाँ संस्करण ट्युनल्याण्ड इ प्लस बजारमा « Khabarhub

ट्युनल्याण्ड एसजिको नयाँ संस्करण ट्युनल्याण्ड इ प्लस बजारमा


९ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फोटोन ट्युनल्याण्ड इ, ट्युनल्याण्ड एसजिको नयाँ संस्करण ट्युनल्याण्ड इ प्लस बजारमा उपलब्ध छ । अत्यधिक सफलता पश्चात् एवं ग्राहकहरूको मागलाई मध्यनजर राखेर फोटोन मोटर्स नेपालले उक्त संस्करण ट्युनल्याण्ड इ प्लस बजारमा उपलब्ध गराएको हो । नेपालको पिकअप बजारमा सर्वोच्चता प्रदान गर्न सम्पूर्ण नयाँ ट्युनल्याण्ड इ प्लस शक्ति, कार्यक्षमता र विश्वसनीयताको अद्भूत संयोजन सहित पिकअप समुहमा खेल परिवर्तन गर्ने स्तरोन्नतिका साथ नेपाली बजारमा प्रवेश गरेको छ ।

अधिक कार्यक्षमताको लागि फोटोन ट्युनल्याण्ड इ प्लस सवारी निर्माणको क्षेत्रका केही उल्लेखनीय प्रविधिका साथ सञ्चालन गरिएको कम्पनीले जनाएको छ । स्तरोन्नति पश्चात पिकअपले सम्पूर्ण नयाँ २.० एल इनलाइन,  ३६०० आरपिएमकमा १४९.५५ को एक अद्वितीय शक्ति उत्पादन गर्ने तथा १८०० र ३००० आरपिएमको बीच ३२० एनएमको अधिकतम टर्क दिने ४– सिलिण्डरको इन्जिन र ६- स्पीडयुक्त मानव चालित ट्रान्समिसनले यसलाई जुनसुकै किसिमको भूभागको लागि उपयुक्त बनाएको छ ।

ट्युनल्याण्ड इ प्लसमा इलेक्ट्रिक ब्रेक वितरण प्रणाली भएको थपविस्तारित ब्रेकिङ प्रणाली एबिएस पनि रहेको छ । कम्पनीका अनुसार, इबिडि प्रणाली सहितको एबिएसले गाडीको पाङ्ग्रा मा भारको परिमाण अनुमान गर्न हरेक पाङ्ग्राको छिटो गति वा ढिलो गतिको जाँच गर्दछ, जसले गर्दा चुनौतीपूर्ण अवस्थामा ब्रेक लगाउनु पर्दा स्टेरिङलाई बढी नियन्त्रण गर्न सकिन्छ र केही परिस्थितिहरू जस्तै गिलो सडकमा रोक्नको लागि दूरी कम गर्न मद्दत गर्छ ।

मुख्य मुख्य स्तरोन्नतिका अतिरिक्त सम्पूर्ण नयाँ शक्तिशाली ट्युनल्याण्ड इ प्लसले १०५० केजीसम्मको भार बहन गर्न सक्ने क्षमता राख्दछ भने यसको ग्राउन्ड क्लियरेन्स २२० एमएम भएकोले यो सबै खाले कार्यहरूको लागि एवं नेपाली भौगोलिक बनावट सुहाउँदो पिक अप साबित भएको छ ।

यसमा जडान गरिएको उत्कृष्ट टच स्क्रिन रियरभ्यू क्यामरा एक अर्को नमूनारुपी उपकरण हो, जसले यस शक्तिशाली पिकअपको पछाडिको दृश्य अवलोकन गर्न, टक्कर नलाग्ने गरी पछाडि सार्न एवं पार्किङको समयमा आत्मविश्वास जगाउन ठूलो मद्दत गर्दछ ।

फोटोन ट्युनल्याण्ड इ प्लस स्पोर्टसले आफ्नो शक्तिशाली बनावटमा धेरै चित्ता कर्षक डिजाइनहरू प्नि प्राप्त गरेको छ । अग्र भागको केन्द्रमा फोटोन लोगोयुक्त ठूलो ३ धर्के क्रोम गरिएको ग्रिल राखिएको छ ।

प्रोजेक्टर हेडल्याम्प र सूचकहरू एउटै हाउजिङहमा एकीकृत गरिएका छन् । यसमा थप नयाँ परिवर्तन स्वरुप एलइडि डिआरएलहरु सबै नयाँ राखिएका छन् । पिकअपमा रनिङ्गबोर्ड, क्ल्याम्पर, एन्टी–रोल ओभर बार र बेड लाइनर लगायतका धेरै उत्कृष्ट उपकरणहरू पनि रहेको कम्पनीले जनाएको छ ।

बिल्कुलै नयाँ फोटोन इ प्लस ग्राहकहरूले चाहे जस्तै शक्ति, कार्य क्षमता र बनावटको एक जोडदार पिक अप भएको कम्पनीको दाबी छ । 

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहीबार  १ : ३१ बजे

वर्षाका कारण नेपाल र यूएईबीचको खेल अवरुद्ध

काठमाडौं- टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत नेपाल र यूएईबीचको पहिलो खेल वर्षाका

सरोकार समितिले भन्यो- विपद् र साइबर बुलिङबारे गृहमन्त्रीसँग छलफल गर्छौँ 

काठमाडौं– राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले विपद्

नेपालको आठौँ विकेट पतन, शेर मल्ल आउट

काठमाडौं- टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत अहिले नेपाल र यूएईबीचको खेल जारी

रास्वपाले डीपीको ठाउँमा कसैलाई बनाएन उपसभापति, नयाँ सदस्य थपिँदा यस्तो बन्यो सचिवालय

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभापति डोलप्रसाद अर्याल (डीपी)को ठाउँमा कसैलाई

तनहुँका सेवाग्राहीको घरमै राहदानी

दमौली– जिल्ला हुलाक कार्यालय तनहुँले सेवाग्राहीलाई लक्षित गर्दै घरमै राहदानी