घरैबाट बिक्री हुने बंगुरका पाठापाठी बजार लैजाँदा पनि बिक्री भएन « Khabarhub

घरैबाट बिक्री हुने बंगुरका पाठापाठी बजार लैजाँदा पनि बिक्री भएन


९ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम- छथर गाउँपालिका-२ तेह्रथुमकी राजकुमारी लिम्बुको घरमा अहिले एक दर्जनभन्दा बढी बंगुरका पाठापाठी छन् । पाठापाठी बिक्रीबाटै उनले घर खर्चकाे जोहो गर्दै आएकी थिइन । तर, यसपटक भने पाठापाठी बिक्री नभएका कारण घर चलाउन मुस्किल भएको छ । पाठापाठी बेच्न शुक्रबारे बजारमा दुई पटक पुर्‍याउँदा पनि बिक्री नभएको उनले बताइन् ।

बंगुरको पाठापाठी बिक्रीबाट मात्रै उनले एक सिजनमा ३० देखि ४० हजारसम्म आम्दानी लिँदै आएकी छिन । उनी भन्छिन्, ‘यसपालि एउटा माउले १० वटा पाठापाठी पाएको थियो । ३०-३५ हजार आम्दानी हुन्छ भन्ने आशा थियो । तर, बिक्री नै भएनन् ।’ अघिल्लो सिजनमा चार हजारमा बिक्री भएका पाठापाठी यसपटक १५ सयमा पनि बिक्री नभएको उनको दुखेसो छ ।

उनी जस्तै लक्ष्मी लिम्बूले पनि पाठापाठी बिक्रीका लागि बजार पुर्‍याइन । उनका पाठापाठी पनि बिक्री नभएपछि फकाएर ल्याइन । ‘पोहोरसम्म त व्यापारीले घरबाटै राम्रो दाम दिएर लान्थे । तर,यसपालि त व्यापारी नै आएनन् ।’ लक्ष्मीले भनिन् ।

बिशेषगरी जनजाति समुदायले घर खर्च टार्न बंगुरपालन र बिक्री गर्दै आएका छन् । तेह्रथुमको ग्रामीण क्षेत्रका किसानको आम्दानीको मुख्य स्रोत नै बंगुरपालन हो । तर, बिक्री नै नभएपछि स्थानीय मारमा पर्दै आएका छन् । कोरोना महामारीका बेला पनि राम्रो मूल्यमा बिक्री भएका पाठापाठी ६ महिनायता बिक्री हुन छाडेको छ ।

तेह्रथुममा उत्पादन भएका पाठापाठी छिमेकी धनकुटा जिल्लाको विभिन्न बजार केन्द्र साथै पूर्वी तराईका जिल्लामा निर्यात हुने गरेका छन् । बजार राम्रो हुँदा बंगुर खरिद गरी राजधानी लगायतका व्यापारीले गाउँबाटै लैजाने गरेका थिए ।  व्यवसायीहरूले उन्नत जातका योर्कसायर, हेमसायर, पाख्रीबास कालो बंगुर तथा स्थानीय रैथाने जातका च्वाँचे पाल्ने गरेका छन् ।

स्थानीय सरकारले बंगुर व्यवसायीहरूलाई उन्नत जातका बेफा तथा अनुदान दिँदै आएको छ । युवाहरूको आकर्षण बंगुरपालनमा भए पनि बजार अभावका कारण किसान चिन्तित बनेका छन् । स्थानीय बजारमा मासु खपत भए पनि पाठापाठी बिक्री नहुनु किसानको लागि समस्या भैरहेकाे छ ।

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहीबार  २ : १२ बजे

विदेशबाट फर्केका युवा सुकुटी व्यवसायमा, भन्छन्- मासिक दुई लाखसम्म आम्दानी गर्छौँ

मोरङ– कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना बगाएका

रास्वपा सांसद गेलालले मतदातालाई भने, ‘विगतमा चिया, बिस्कुट, मासुभात र पैसामा बिकेकाहरूले विरोध गर्न थाले

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उदयपुर क्षेत्र नम्बर १ का

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घमा ओली निर्वाचित

बाँके– बाँकेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको निर्वाचनबाट नयाँ नेतृत्व चयन

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुईजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु

वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने

काठमाडौं–  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले वर्षायाममा उत्पादन हुने