घरैबाट बिक्री हुने बंगुरका पाठापाठी बजार लैजाँदा पनि बिक्री भएन « Khabarhub

घरैबाट बिक्री हुने बंगुरका पाठापाठी बजार लैजाँदा पनि बिक्री भएन


९ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम- छथर गाउँपालिका-२ तेह्रथुमकी राजकुमारी लिम्बुको घरमा अहिले एक दर्जनभन्दा बढी बंगुरका पाठापाठी छन् । पाठापाठी बिक्रीबाटै उनले घर खर्चकाे जोहो गर्दै आएकी थिइन । तर, यसपटक भने पाठापाठी बिक्री नभएका कारण घर चलाउन मुस्किल भएको छ । पाठापाठी बेच्न शुक्रबारे बजारमा दुई पटक पुर्‍याउँदा पनि बिक्री नभएको उनले बताइन् ।

बंगुरको पाठापाठी बिक्रीबाट मात्रै उनले एक सिजनमा ३० देखि ४० हजारसम्म आम्दानी लिँदै आएकी छिन । उनी भन्छिन्, ‘यसपालि एउटा माउले १० वटा पाठापाठी पाएको थियो । ३०-३५ हजार आम्दानी हुन्छ भन्ने आशा थियो । तर, बिक्री नै भएनन् ।’ अघिल्लो सिजनमा चार हजारमा बिक्री भएका पाठापाठी यसपटक १५ सयमा पनि बिक्री नभएको उनको दुखेसो छ ।

उनी जस्तै लक्ष्मी लिम्बूले पनि पाठापाठी बिक्रीका लागि बजार पुर्‍याइन । उनका पाठापाठी पनि बिक्री नभएपछि फकाएर ल्याइन । ‘पोहोरसम्म त व्यापारीले घरबाटै राम्रो दाम दिएर लान्थे । तर,यसपालि त व्यापारी नै आएनन् ।’ लक्ष्मीले भनिन् ।

बिशेषगरी जनजाति समुदायले घर खर्च टार्न बंगुरपालन र बिक्री गर्दै आएका छन् । तेह्रथुमको ग्रामीण क्षेत्रका किसानको आम्दानीको मुख्य स्रोत नै बंगुरपालन हो । तर, बिक्री नै नभएपछि स्थानीय मारमा पर्दै आएका छन् । कोरोना महामारीका बेला पनि राम्रो मूल्यमा बिक्री भएका पाठापाठी ६ महिनायता बिक्री हुन छाडेको छ ।

तेह्रथुममा उत्पादन भएका पाठापाठी छिमेकी धनकुटा जिल्लाको विभिन्न बजार केन्द्र साथै पूर्वी तराईका जिल्लामा निर्यात हुने गरेका छन् । बजार राम्रो हुँदा बंगुर खरिद गरी राजधानी लगायतका व्यापारीले गाउँबाटै लैजाने गरेका थिए ।  व्यवसायीहरूले उन्नत जातका योर्कसायर, हेमसायर, पाख्रीबास कालो बंगुर तथा स्थानीय रैथाने जातका च्वाँचे पाल्ने गरेका छन् ।

स्थानीय सरकारले बंगुर व्यवसायीहरूलाई उन्नत जातका बेफा तथा अनुदान दिँदै आएको छ । युवाहरूको आकर्षण बंगुरपालनमा भए पनि बजार अभावका कारण किसान चिन्तित बनेका छन् । स्थानीय बजारमा मासु खपत भए पनि पाठापाठी बिक्री नहुनु किसानको लागि समस्या भैरहेकाे छ ।

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहीबार  २ : १२ बजे

राष्ट्रियसभा निर्वाचन : बागमतीमा ६ जनाबीच प्रतिस्पर्धा

बागमती– बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि बिहान ९ बजेदेखि मतदान

इंग्लिस प्रिमियर लिग : बोर्नमाउथसँग लिभरपुल पराजित

काठमाडौं – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

चार करोडको लागतमा विद्यालय भवन निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको प्रभा माविको नयाँ भवन

रौतहटको जयनगरमा फर्निचर मेला

रौतहट– रौतहटको गरुडा नगरपालिका–१ जयनगरमा काठ तथा फलामका सामग्रीको फर्निचर

रियलको जितमा एम्बाप्पेको दुई गोल

काठमाडौं – स्पेनिस ला लिग अन्तर्गत आइतबार बिहान भएको खेलमा