'विपद् व्यवस्थापनमा साझा धारणा बनाएर काम गर्नुपर्छ' | Khabarhub Khabarhub

‘विपद् व्यवस्थापनमा साझा धारणा बनाएर काम गर्नुपर्छ’


९ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले विपद् व्यवस्थापनमा सबैले साझा धारणा र भावना बनाएर काम गर्नुपर्ने बताए ।

प्रदेश नं १ न्याय प्रशासन तथा विधायन समितिद्वारा आज आयोजित ‘प्राकृतिक विपद् व्यवस्थापनमा प्रदेश संसद्को भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उनले प्राकृतिक विपद्लाई बर्सेनि सामना गर्न यसको व्यवस्थापनमा विशेष जोड दिनुपर्नेमा जोड दिए ।

विपद् व्यवस्थापनमा इमान्दारिताको खाँचो रहेको औँल्याउँदै सभामुख भण्डारीले भने, ‘सामाजिक काममा ऐक्यबद्धरूपमा लाग्न सकेमा मात्र परिणाम सही आउँछ ।’ आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले विपद् व्यवस्थापन सरकारले आवश्यक रणनीति र नीति बनाइरहेको बताए । उनले विपद्मा सरकार उद्धार एवं राहतको कार्यसँगै बजेट विनियोजन गरेको जानकारी दिए । विपद् विकासको बाधक भएकाले यसको व्यवस्थापन नगरी प्रतिफल हासिल नहुने भन्दै मन्त्री कार्कीले विपद्ले सबभन्दा बढी गरिबलाई समस्यामा पार्ने गरेको छ भने ।

स्वास्थ्यमन्त्री जयराम यादवले विपद्मा खेल्नुपर्ने भूमिकाको अभावमा विपद्का घटनामा वृद्धि भइरहेको बताए । उनले विपद् व्यवस्थापनमा सरकारले पूर्णरूपमा तयार रहनुपर्ने भन्दै प्रदेशको सबै जिल्ला अस्पतालको स्तरोन्नति गरी विपद् व्यवस्थापन सहयोग पुर्‍याउने धारणा राखे ।

समितिका सदस्य राजकुमार ओझाले प्राकृतिक विपद्ले मात्र होइन, जङ्गली जनावर, मानवका कारण पनि विपद् हुने गरेको भन्दै सरकारलाई विपद् व्यवस्थापनमा आवश्यक काम गर्न समितिले निर्देशन दिने बताए ।

सार्वजनिक लेखा समितिका सभापति शिवनारायण गनगाईँले प्रदेशमा विपद् व्यवस्थापनका लागि सरकारले राम्रो तयारी गर्नुपर्ने विचार राखे ।

प्रदेशसभा सदस्य हीमादेवी बस्नेतले विपद्मा उद्धार र राहतले मात्र नपुग्ने भन्दै विपद् व्यवस्थापनका लागि सरकारले आवश्यक संरचना निर्माण गर्नुपर्ने भने । उनले गत वर्ष धनकुटामा असिनाले एक हजार आठ सय परिवारको तरकारी बाली सखाप भएको र यसमा सरकारले कुनै पनि राहत नदिएकामा गुनासो गरेका थिए । 

समितिका सभापति इन्द्रमणि पराजुलीको सभापतित्वमा भएको सो कार्यक्रममा आन्तरिक मामिला तथा कानुन सचिव कालीप्रसाद पराजुली र विज्ञ रामचन्द्र न्यौपानेले विपद्का विषयमा आ–आफ्ना कार्यपत्र प्रस्तुत गरेका थिए । 

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहीबार  २ : ३१ बजे

प्रचण्डले बोलाए सर्वदलीय बैठक

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका

क्यानडाले नेपाललाई दियो १२४ रनको लक्ष्य

काठमाडौं – क्यानडाले नेपाललाई १२४ रनको लक्ष्य दिएको छ ।

कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाए सर्वदलीय बैठक

काठमाडौं – कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक बोलाएका छन्

उद्धार कार्यमा खटिन रास्वपाद्वारा पार्टी सदस्यहरुलाई निर्देशन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जोखिमपूर्ण अवस्थामा रहेका नागरिकको

आइतबार बिहानैदेखि मौसममा सुधार हुने

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले