अनधिकृतरूपमा राखिएका पसल, संरचना तत्काल हटाउन निर्देशन  « Khabarhub

अनधिकृतरूपमा राखिएका पसल, संरचना तत्काल हटाउन निर्देशन 


९ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले काठमाडौंको बानेश्वर, बिजुलीबजार लगायतका क्षेत्रमा पुगेर अनधिकृतरूपमा राखेका पसल लगायतका संरचना तत्काल हटाउन पुन:  निर्देशन दिएका छन् । 

नक्सापासमा रहेको मापदण्ड विपरीतको संरचना हटाउने अभियानलाई तीव्र पारेको महानगरले बिहीबार बिभिन्न स्थानमा पुगेर अनधिकृत संरचना हटाउन पुन:  निर्देशन दिएका हुन् । 

यसअघि महानगरले अनधिकृत संरचना हटाउन ३५ दिने सूचना निकालेको थियो । तर केही व्यापारीहरूले अटेर गरेपछि महानगरले डोजर लगाएर नै अनधिकृत संरचना हटाउन थालेको छ । महानगरको उक्त कदमप्रति केहीले तीव्र असन्तुष्टि पोखेका छन् । 

व्यापारीहरूले महानगरको ३५ दिने सूचनाबारे घरबेटीले आफूहरूलाई जानकारी नै नगराएकाले केही दिनको म्यान दिन आग्रह गरेका थिए । त्यस्तै बिहीबार बिजुलीबजारमा रहेको अल्फाबिटा कम्प्लेसको निरीक्षण गर्ने क्रममा बालेन्द्र साह र कम्प्लेसका प्रतिनिधिबीच भनाभन नै भएको थियो ।

 एउटा प्रयोजनका लागि बनाइएको संरचना अर्को प्रयोजनमा प्रयोग भएको भन्दै महानगर एक्सनमा उत्रेको हो ।

 

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहीबार  २ : ४९ बजे

परराष्ट्रमन्त्री खनाल र श्रीलङ्काका विदेशमन्त्री हेराथबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलङ्काका विदेश, वैदेशिक रोजगार तथा

झापामा सुपथ मूल्य पसल : चामलदेखि नुनसम्ममा छुट

झापा– दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै झापामा चामलदेखि

बागलुङ पहिरो : मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङ– बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र