अनधिकृतरूपमा राखिएका पसल, संरचना तत्काल हटाउन निर्देशन  « Khabarhub

अनधिकृतरूपमा राखिएका पसल, संरचना तत्काल हटाउन निर्देशन 


९ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले काठमाडौंको बानेश्वर, बिजुलीबजार लगायतका क्षेत्रमा पुगेर अनधिकृतरूपमा राखेका पसल लगायतका संरचना तत्काल हटाउन पुन:  निर्देशन दिएका छन् । 

नक्सापासमा रहेको मापदण्ड विपरीतको संरचना हटाउने अभियानलाई तीव्र पारेको महानगरले बिहीबार बिभिन्न स्थानमा पुगेर अनधिकृत संरचना हटाउन पुन:  निर्देशन दिएका हुन् । 

यसअघि महानगरले अनधिकृत संरचना हटाउन ३५ दिने सूचना निकालेको थियो । तर केही व्यापारीहरूले अटेर गरेपछि महानगरले डोजर लगाएर नै अनधिकृत संरचना हटाउन थालेको छ । महानगरको उक्त कदमप्रति केहीले तीव्र असन्तुष्टि पोखेका छन् । 

व्यापारीहरूले महानगरको ३५ दिने सूचनाबारे घरबेटीले आफूहरूलाई जानकारी नै नगराएकाले केही दिनको म्यान दिन आग्रह गरेका थिए । त्यस्तै बिहीबार बिजुलीबजारमा रहेको अल्फाबिटा कम्प्लेसको निरीक्षण गर्ने क्रममा बालेन्द्र साह र कम्प्लेसका प्रतिनिधिबीच भनाभन नै भएको थियो ।

 एउटा प्रयोजनका लागि बनाइएको संरचना अर्को प्रयोजनमा प्रयोग भएको भन्दै महानगर एक्सनमा उत्रेको हो ।

 

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहीबार  २ : ४९ बजे

राष्ट्रियसभा निर्वाचन : बागमतीमा ६ जनाबीच प्रतिस्पर्धा

बागमती– बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि बिहान ९ बजेदेखि मतदान

इंग्लिस प्रिमियर लिग : बोर्नमाउथसँग लिभरपुल पराजित

काठमाडौं – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

चार करोडको लागतमा विद्यालय भवन निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको प्रभा माविको नयाँ भवन

रौतहटको जयनगरमा फर्निचर मेला

रौतहट– रौतहटको गरुडा नगरपालिका–१ जयनगरमा काठ तथा फलामका सामग्रीको फर्निचर

रियलको जितमा एम्बाप्पेको दुई गोल

काठमाडौं – स्पेनिस ला लिग अन्तर्गत आइतबार बिहान भएको खेलमा