कोरम नपुगेर रोकियो ‘अग्निपथ’ माथिको छलफल  « Khabarhub

कोरम नपुगेर रोकियो ‘अग्निपथ’ माथिको छलफल 


९ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतले अग्निपथ योजनाअनुसार गोर्खा सैनिक भर्ना गर्ने तयारी गरिएकोबारे छलफल गर्न बोलाइएको संसदीय समिति बैठक कोरम नपुगेर अनिश्चितकालका लागि स्थगित भएको छ ।

भारतमै विरोध भइरहेको अग्निपथ योजनाअनुसार गोर्खा सैनिक भर्ना गर्ने तयारी भारतले गरेको विषयमा छलफल गर्न बिहीबार  प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक बोलाइएको थियो । तर, कोरम नपुगेर स्थगित भएको छ ।

छलफलका लागि समितिले परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई पनि बोलाएको थियो । तर, मन्त्री खड्कामात्र होइन समिति सदस्यहरू नै बैठकमा अनुपस्थित भए । जसकारण बैठक स्थगित हुन पुग्यो ।

२५ सदस्यीय समितिको बैठक बस्नका लागि १३ जना सदस्य उपस्थिति आवश्यक पर्नेमा जम्मा ७ जना मात्र उपस्थित भएपछि अर्काे सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको हो ।

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहीबार  २ : ५५ बजे

सिन्धुलीमा बैंक लुटपाटमा संलग्न लुटेरा स्थानीयको नियन्त्रणमा

सिन्धुली– सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा रहेको एसबिआई बैंक लुटपाटमा संलग्न लुटेरालाई

सभापति देउवासँग कुरा नमिलेपछि बाहिरिए महामन्त्रीद्वय थापा र शर्मा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा

टिपर दुर्घटनामा एक युवकको मृत्यु

पाल्पा– पाल्पाको रिब्दीकोट गाउँपालिका–२ जोर्तेस्थित विश्वकर्मा मन्दिर नजिकै टिपर दुर्घटना

कांग्रेसको निर्णायक वार्ता महाराजगञ्जमा : सभापति देउवा र महामन्त्रीद्वयबीच छलफल

काठमाडौं – कांग्रेसको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा निवास

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल