ताइवानद्वारा झण्डै १५ प्रतिशतले रक्षा बजेट बढाउने प्रस्ताव | Khabarhub Khabarhub

ताइवानद्वारा झण्डै १५ प्रतिशतले रक्षा बजेट बढाउने प्रस्ताव


९ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ताइवानले आर्थिक वर्ष सन् २०२३ का लागि रक्षा बजेटमा १७ अर्ब ३० करोड अमेरिकी डलर प्रस्ताव गरेको छ । सो प्रस्तावित बजेट चालु बजेटको तुलनामा १४ दशमलब ९ प्रतिशतले बढी हो ।

चीनले स्वशासित टापु वरिपरि आफ्नो सैन्य अभ्यास शुरु गरेको हप्ता दिनपछि बजेट बढाउने प्रस्ताव गरिएको हो । अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि यस क्षेत्रमा तनाव बढेको छ ।

प्रस्तावित बजेटमा नयाँ अत्याधुनिक लडाकु जेट विमान र समुन्द्री तथा हवाई उडानलगायतका कार्यक्रमका लागि १०८.३ अर्ब ताइवानी डलर समावेश गरिएको छ ।

प्रस्तावित बजेटमा नयाँ अत्याधुनिक युद्ध जेटका लागि एनटीडी १०८ दशमलब ३ अर्ब ताइवानी डलर र समुद्री तथा हवाई लडाई क्षमता बढाउनका लागि पनि विभिन्न कार्यक्रमहरु समावेश गरिएको छ ।

अर्को विशेष कोष समावेश भएमा कुल बजेट ५८६ दशमलब ३ अर्ब ताइवानी डलर पुग्ने जापानबाट प्रकाशित हुने निक्के एशियाले जनाएको छ । बजेट अब विधायिका युआनमा अनुमोदनको लागि पठाइनेछ, जुन अर्को महिनादेखि शुरु हुँदैछ ।

पछिल्लो समय ताइवानमा बढ्दो चिनियाँ आक्रामकतासँग जुधिरहेको बताइएको छ । बेइजिङले यस महिनाको शुरुमा ताइवान वरिपरि सबैभन्दा ठूलो सैन्य अभ्यास सञ्चालन गरेपछि आफ्नो सुरक्षा गर्ने क्षमतालाई लिएर ताइवानमा थप चिन्ता बढेको प्रतिवेदनहरूले उल्लेख गरेका छन् ।

सभामुख न्यान्सी पेलोसीको भ्रमणपछि चीनको जनमुक्ति सेनाले ताइवान र यसको बाहिरी टापुहरू वरपर विमान, ड्रोन, क्षेप्यास्त्र र युद्धपोतहरूको तैनाथी बढाएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहीबार  ४ : २७ बजे

राष्ट्रपति पौडेलद्वारा इरानका राष्ट्रपति रायसीको निधनप्रति दुख व्यक्त

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले इरानका राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा

पाटन भ्रमणमा निस्किए पूर्वराजा शाह (तस्बिरहरू)

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाह सोमबार ललितपुरको धार्मिक तथा सांस्कृतिक सहर

बेपत्ता योद्धाका बारेमा राज्य बेप्रवाह जस्तो देखियो : विप्लव

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले बेपत्ता योद्धाहरूका

बिना धितो, छिटो छिटो, क्यूआर मर्चेन्टस्हरुलाई कुमारी फोन लोन सुविधा

काठमाडौं– कुमारी बैंक लिमिटेडले क्यूआर कोडबाट कारोबार गर्ने क्युआर मर्चेन्टहरुलाई

१०७ किलो गाँजासहित एक जना पक्राउ

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय महोत्तरीले १०७ किलो गाँजासहित एक