ताइवानद्वारा झण्डै १५ प्रतिशतले रक्षा बजेट बढाउने प्रस्ताव « Khabarhub

ताइवानद्वारा झण्डै १५ प्रतिशतले रक्षा बजेट बढाउने प्रस्ताव


९ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ताइवानले आर्थिक वर्ष सन् २०२३ का लागि रक्षा बजेटमा १७ अर्ब ३० करोड अमेरिकी डलर प्रस्ताव गरेको छ । सो प्रस्तावित बजेट चालु बजेटको तुलनामा १४ दशमलब ९ प्रतिशतले बढी हो ।

चीनले स्वशासित टापु वरिपरि आफ्नो सैन्य अभ्यास शुरु गरेको हप्ता दिनपछि बजेट बढाउने प्रस्ताव गरिएको हो । अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि यस क्षेत्रमा तनाव बढेको छ ।

प्रस्तावित बजेटमा नयाँ अत्याधुनिक लडाकु जेट विमान र समुन्द्री तथा हवाई उडानलगायतका कार्यक्रमका लागि १०८.३ अर्ब ताइवानी डलर समावेश गरिएको छ ।

प्रस्तावित बजेटमा नयाँ अत्याधुनिक युद्ध जेटका लागि एनटीडी १०८ दशमलब ३ अर्ब ताइवानी डलर र समुद्री तथा हवाई लडाई क्षमता बढाउनका लागि पनि विभिन्न कार्यक्रमहरु समावेश गरिएको छ ।

अर्को विशेष कोष समावेश भएमा कुल बजेट ५८६ दशमलब ३ अर्ब ताइवानी डलर पुग्ने जापानबाट प्रकाशित हुने निक्के एशियाले जनाएको छ । बजेट अब विधायिका युआनमा अनुमोदनको लागि पठाइनेछ, जुन अर्को महिनादेखि शुरु हुँदैछ ।

पछिल्लो समय ताइवानमा बढ्दो चिनियाँ आक्रामकतासँग जुधिरहेको बताइएको छ । बेइजिङले यस महिनाको शुरुमा ताइवान वरिपरि सबैभन्दा ठूलो सैन्य अभ्यास सञ्चालन गरेपछि आफ्नो सुरक्षा गर्ने क्षमतालाई लिएर ताइवानमा थप चिन्ता बढेको प्रतिवेदनहरूले उल्लेख गरेका छन् ।

सभामुख न्यान्सी पेलोसीको भ्रमणपछि चीनको जनमुक्ति सेनाले ताइवान र यसको बाहिरी टापुहरू वरपर विमान, ड्रोन, क्षेप्यास्त्र र युद्धपोतहरूको तैनाथी बढाएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहीबार  ४ : २७ बजे

भ्रष्टाचार नियन्त्रण गर्न सक्ने कांग्रेस बनाउन केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : निर्मला बास्ताकोटी

काठमाडौँ – नेपाली कांग्रेसकी नेत्री निर्मला बास्ताकोटीले भ्रष्टाचार नियन्त्रण गर्न

ओमान ‘ए’ लाई दुई विकेटले हराउँदै नेपाल विजयी

काठमाडौँ– आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय

सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता

तान्जानिया – तान्जानियाको अरुसामा आयोजित अन्तर–संसदीय सङ्घ (आईपीयू) को १५३औँ

गगन थापाको घोषणा-‘कांग्रेसमा आजदेखि सबै गुट सकिए, अब कुनै समूह छैन’

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र रहेका सबै