काठमाडौँमा व्यवस्थित शहरीकरण हुन नसकेकामा सांसदद्वारा ध्यानाकर्षण | Khabarhub Khabarhub

काठमाडौँमा व्यवस्थित शहरीकरण हुन नसकेकामा सांसदद्वारा ध्यानाकर्षण


९ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजधानी सहर भएर पनि काठमाडौँमा फोहर व्यवस्थापन एवं व्यवस्थित शहरीकरण हुन नसकेकामा सांसदहरुले सरोकार भएका निकायको ध्यानाकर्षण गराएका छन् । 

राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिको आजको बैठकमा सांसदहरुले काठमाडौँ उपत्यका विकास प्राधिकरणका योजना, कार्यक्रम र उपलब्धीहरू विषयक छलफल कार्यक्रममा एउटै जिम्मेवारी भएका धेरै निकाय भएपनि काम हुन नसकेको बताएका हुन् । बैठकमा सांसदहरू कमला पन्त, जगप्रसाद शर्मा, नन्दा चपाइँ, कृष्णप्रसाद पौडेललगायतले सहरमा बुद्धिजीवी र प्रतिष्ठित मानिसको बसाइ हुने भए पनि फोहर र अव्यवस्थाले गिज्याएकामा सरोकार भएका निकायको ध्यान जानुपर्ने बताए ।

फोहर व्यवस्थापनमा बञ्चरेडाँडाको विकल्पसमेत खोजिनुपर्नेमा सांसदहरुले सहरी विकास मन्त्रालयको ध्यानाकर्षण गराएका थिए । सांसदहरुले उठाएको सरोकारको जवाफ दिँदै सहरी विकास सचिव डा रमेशप्रसाद सिंहले फोहर व्यवस्थापनका लागि मन्त्रालयले समन्वयको काम गरिरहेको बताए । राजधानीको जाम व्यवस्थित गर्न बागमती, रुद्रमती, विष्णुमतीलगायत नदी किनारमा बनेको कोरिडोरले सहयोग गरिरहेको उल्लेख उनले यस विषयमा काम गर्ने सबै निकायको समन्वयका लागि विधेयक मस्यौदा गरी कानुन मन्त्रालय पठाइएको जानकारी दिए ।

प्राधिकरणको उपलब्धिका विषयमा प्रस्तुति गर्दै नायब विकास आयुक्त नवराज प्याकुरेलले सरकारले आर्थिक वर्ष २०६१/६२ को बजेट भाषणमार्फत काठमाडौँ उपत्यकामा प्रस्ताव गरिएको ७२ किमी बाहिरी चक्रपथमध्ये ५४.४८ किमीको विस्तृत परियोजना प्रस्ताव तयार भएको जानकारी दिए । सतुङ्गल खण्डको ६.६ किमीको जग्गा अधिग्रहणका लागि सरकारसमक्ष पेश गरिएको उनले जानकारी गराए ।

बैठकमा ट्राफिक प्रहरीको नियन्त्रणमा रहेका करिब एक हजार ५०० सवारी साधनका विषयमा पनि छलफल भएको थियो । यी सवारीसाधनका विषयमा विस्तृत छलफलका लागि आगामी बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई बोलाउने निर्णय गरिएको उपस्थितमध्येका ज्येष्ठ सदस्य शारदादेवी भट्टले जानकारी दिए ।

गत फागुन २१ गते समिति सभापति तारादेवी भट्टको पदावधि सकिएपछि नेतृत्व चयन हुन सकेको छैन । सभापति चयन नभएपछि बैठकमा उपस्थित सांसदमध्ये ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्दै आएको छ । सभापति चयन नहुँदा समितिको काम कारबाहीमा असर गरेको समितिका कर्मचारीको गुनासो छ ।

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहीबार  ५ : ४८ बजे

बाहिरियो रवि हिरासतमा सुतेको तस्बिर, रास्वपा नेताले उठाए प्रश्न

काठमाडौं – प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का

एकीकृत समाजवादीमा झलनाथलाई रोजेकै विभाग, विद्यार्थीको जिम्मा झाँक्रीलाई

काठमाडाैं – नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय नेताहरूको जिम्मेवारी तोकेको छ

एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने

भक्तपुर – यस वर्षदेखि कक्षा १० को अन्तिम परीक्षा अर्थात्

आपराधिक घटनामा वृद्धि : दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ

काठमाडौं – नेपाल प्रहरीको तथ्याङ्कले आपराधिक घटना न्यूनीकरण हुन नसकेको

पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्र अघि सर्नुपर्छ : मन्त्री पाण्डे

काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन