केन्याले नेपाललाई दियो १३१ रनको लक्ष्य « Khabarhub

केन्याले नेपाललाई दियो १३१ रनको लक्ष्य


९ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- घरेलु टोली केन्याले टी–ट्वान्टी सिरिज अन्तर्गत पहिलो खेलमा नेपाललाई १३१ रनको लक्ष्य दिएको छ । नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको केन्याले नेपाललाई १३१ रनको लक्ष्य दिएको हो ।

केन्याले २० ओभरमा ८ विकेटको क्षतिमा १३० रन जोड्दै नेपाललाई १३१ रनको लक्ष्य दिएको हो । केन्याका लागि इर्फान करिमले सर्वाधिक ३४ रनको योगदान गरे, लुकास ओउचले ३० रन जोड्दा नेल्सन ओडिम्बेले १९ र सचिन बुढाइले १७ रन जोडे ।

बलिङतर्फ नेपालका लागि सोमपाल कामीले सर्वाधिक तीन विकेट लिए । कप्तान सन्दीप लामिछानेले दुई विकेट हात पारे । आदिल अन्सारी र दिपेन्द्र सिंह ऐरीले एक–एक विकेट लिए ।

पाँच खेलको टी–ट्वान्टी सिरिजको  दोस्रो खेल भदौ १० गते हुनेछ ।

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहीबार  ६ : ०८ बजे

सोह्र लाखबराबरको अवैध पटाका बरामद

कञ्चनपुर– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १६ लाखबराबरको अवैध पटाका बरामद

एमाले स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ- नेकपा एमालेले स्थायी कमिटी कमिटी बैठक आह्वान गरेको छ

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण

कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा

मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

बागलुङ– यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति

रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतकका परिवारलाई एक लाख सहयोग गर्ने

काठमाडौँ– नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढी प्रभावित परिवारलाई आर्थिक सहयोग