केन्याले नेपाललाई दियो १३१ रनको लक्ष्य | Khabarhub Khabarhub

केन्याले नेपाललाई दियो १३१ रनको लक्ष्य


९ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- घरेलु टोली केन्याले टी–ट्वान्टी सिरिज अन्तर्गत पहिलो खेलमा नेपाललाई १३१ रनको लक्ष्य दिएको छ । नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको केन्याले नेपाललाई १३१ रनको लक्ष्य दिएको हो ।

केन्याले २० ओभरमा ८ विकेटको क्षतिमा १३० रन जोड्दै नेपाललाई १३१ रनको लक्ष्य दिएको हो । केन्याका लागि इर्फान करिमले सर्वाधिक ३४ रनको योगदान गरे, लुकास ओउचले ३० रन जोड्दा नेल्सन ओडिम्बेले १९ र सचिन बुढाइले १७ रन जोडे ।

बलिङतर्फ नेपालका लागि सोमपाल कामीले सर्वाधिक तीन विकेट लिए । कप्तान सन्दीप लामिछानेले दुई विकेट हात पारे । आदिल अन्सारी र दिपेन्द्र सिंह ऐरीले एक–एक विकेट लिए ।

पाँच खेलको टी–ट्वान्टी सिरिजको  दोस्रो खेल भदौ १० गते हुनेछ ।

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहीबार  ६ : ०८ बजे

वायु सेवा निगमको महाप्रबन्धकका लागि दरखास्त आह्वान

काठमाडौं– नेपाल वायु सेवा निगमले महाप्रबन्धक पदका लागि दरखास्त आह्वान

खेलाडीले पठाओ चलाएर परिवार पाल्नुपर्ने अवस्था छ

खेलाडीलाई सहिद स्मारक ए डिभिजन लिग गराउने आश्वासन दिँदादिँदै नेपाल

राष्ट्रियसभा अन्तर्गतका दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– सङ्घीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ

जेनजी आन्दोलनमा तोडफोड र आगजनी गर्ने पाँच जना पक्राउ

हेटौँडा– गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका

‘सुम्निमा’ मा नवअभिनेत्री सोल गुरुङको अभिनय

काठमाडौं– निर्देशक मिलन चाम्सको नयाँ चलचित्र ‘सुम्निमा’ मार्फत नवअभिनेत्री सोल