दलहरूको चुनाव चिह्न राजपत्रमा प्रकाशित गर्ने निर्वाचन आयोगको निर्णय « Khabarhub

दलहरूको चुनाव चिह्न राजपत्रमा प्रकाशित गर्ने निर्वाचन आयोगको निर्णय


९ भदौ २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- निर्वाचन आयोगले प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुने दलहरूको चुनाव चिह्न राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको छ । दर्ता भएका राजनीतिक दलहरूको क्रम निर्धारणसहित चुनाव चिह्न प्रकाशित गर्ने निर्णय आयोगले गरेको हो ।

आयोगकले एक सूचना जारी गर्दै उक्त विषयमा जानकारी दिएको छ ।

‘निर्वाचन हुनुभन्दा तत्काल अघि कायम रहेको प्रतिनिधि सभा/प्रदेशस भामा प्रतिनिधित्व गर्ने दलले त्यस्तो प्रतिनिधि सभा/प्रदेश सभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणाली तर्फ प्राप्त गरेको मत संख्याको आधारमा र प्रतिनिधित्व नगर्ने दलको हकमा प्रतिनिधि सभा/प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को प्रयोजनको लागि आयोगमा दल दर्ता भएको क्रमको आधारमा राजनीतिक दल एवं उम्मेदवारको निर्वाचन चिन्ह मतपत्रमा समावेश गर्ने र यसरी निर्धारण गरिएका निर्वाचन चिन्ह नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय आयोगले गरेको छ,’ आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : ९ भदौ २०७९, बिहिबार  ७ : ३१ बजे

दसैँ मनाउँदा एकअर्काको सहारा बन्न कांग्रेसका सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा आइपरेको राष्ट्रिय

दसैँको मुख्य दिन, टीकाको उत्तम साइत १०ः२६ बजे

काठमाडौँ – बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

आज २०८३ साल कात्तिक ४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

दसैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दसैँको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको