सेती प्रादेशिक अस्पतालमा सिटिस्क्यान सेवा सञ्चालनमा आउने « Khabarhub

 सेती प्रादेशिक अस्पतालमा सिटिस्क्यान सेवा सञ्चालनमा आउने


९ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– सेती प्रादेशिक अस्पतालमा सिटिस्क्यान सेवा सञ्चालनमा आउने भएको छ । सेवाका लागि अस्पतालमा सिटिस्क्यान मेसिन जडान गरेर परीक्षणको अवस्थामा रहेको अस्पताल व्यवस्थापन समितिका सदस्य डिल्लीराज भट्टले बताए । 

प्रदेश सरकारको विनियोजन बजेटबाट अस्पतालमा मेसिन जडान गरेर सेवा सञ्चालनको भइरहेको उनले बताए । मेसिन नहुँदा सुदूरपश्चिमका गम्भीर प्रकृतिका बिरामीले सिटीस्क्यान सेवा लिन सुदूरपश्चिम बाहिर वा भारत जानुपर्ने अवस्था रहेको थियो । कि महँगो शुल्क तिरेर निजी अस्पतालहरूमा जानुपर्थ्यो । तर, सेवा सुरु हुने भएसँगै सर्वसाधारणको उक्त समस्या हट्ने भएको छ,’ भट्टले भने ।

गरिब, असहाय र विपन्नवर्गका बिरामीले अन्यत्र महँगो शुल्कमा सिटिस्क्यान गराउन नसक्दा उनीहरू उपचारबाट वञ्चित हुनुपर्ने अवस्था रहेकोमा त्यसलाई मध्यनजर गर्दै सेवा सञ्चालनको तयारी गरिएको उनले बताए । 

मस्तिष्कघात लगायत मस्तिष्क भित्रका अन्य चोट, नशामा रगत जमेको, घाँटीको समस्या, हड्डीको समस्या, पेटको समस्यालगायत सबै प्रकारका जटिल रोगको निदानमा सिटिस्क्यान मेसिन उपयोगी हुने अस्पताल प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहीबार  ७ : ५१ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब